‘सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ’
![‘सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ’](https://rpcdn.ratopati.com/media/albums/MAOIST_BANDA_SATRA_GU2Upkrppe.jpg)
नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिएका छन् । विधान संशोधन प्रस्तावमाथि भएको छलफलपछि गण्डकी प्रदेशका तर्फबाट देवेन्द्र पराजुलीले बिहीबार समुहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा सो कुरा बताएका हुन् । ‘केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन’, सुझाव पेश गर्दै उनको भनाइ छ ।
त्यस्तै उनले २९९ सदस्यीय केन्द्रीय समिति निर्माणको औचित्य र आवस्यकता समेत प्रस्ट्याउनुपर्ने सुझाव आफ्नो समुहका सदस्यहरुले राखेको बताए । ‘२९९ सदस्यीय केन्द्रीय समितिबारे प्रस्ट्याउनु जरुरी छ । किनकी तदर्थवादी मानसिकताबाट हाम्रो पार्टी चल्नु हुदैन’, उनले पार्टीको सल्लाहकार कमिटी विज्ञ समूहबाट छानिनुपर्ने सुझाव आएको बताए । साथै विशिष्ट अवस्थामा बाहेक एक कार्यकालभन्दा बाहेक पदाधिकारी हुन नहुने र उमेर हद विधानमै तोकिनुपर्ने बताए ।
उनले पुर्ण समानुपातिकका जानुपर्ने र पदाधिकारीहरूको काम कर्तव्य र अधिकार विधानमै लेखिनुपर्ने सुझाव आएको बताए ।
यसअघि समाचारमा पराजुली हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । यस्तै फोटो पनि सच्याइएको छ - सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’