प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न समय थप, अधिकांश समूहको छलफल सकियो
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत सोमबारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि बुधबार अपरान्ह १२ सम्मको समय दिइएको छ ।
बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए । यस्तै स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा पनि प्रस्तुत गरेका थिए ।
दुबै प्रस्तावमाथि मंगलबार दिनभर समूहगत छलफलका लागि समय छुट्याइएको थियो । ‘अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन्। बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्नेछन्’, प्रचारप्रसार उपसमितिले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ।’
समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझावहरु राखेको विज्ञप्तिमा उल्लेख छ ।
समूहगत छलफल सकिएपछि बुधबार अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने र प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली