बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

असन्तुष्ट पक्षलाई महन्थले छलफलमा बोलाए

मङ्गलबार, १३ पुस २०७८, १० : ४२
मङ्गलबार, १३ पुस २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा विभिन्न माग राखि धर्ना दिइरहेका पार्टीका असन्तुष्ट पक्षलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले छलफलमा बोलाएका छन् । 
 पार्टीमा भएको मनोनयन तथा नियुक्तिहरु पार्टीको विधि र विधान विपरित भएको, पार्टी अध्यक्षले एकलौटी रुपमा मनोनयन गरेको जस्ता आरोप लगाउँदै पार्टीको कार्यकर्ता तथा नेताहरु आइतवारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्दै आएका थिए ।

उनीहरुले अध्यक्ष ठाकुरसँग मात्र वार्ता गर्ने बताएपछि  ठाकुरले मंगलबार आफ्नो निवासमा छलफलका लागि बोलाएको आन्दोलनकारी संजय सिंहले बताए । पछिल्लो समय अध्यक्ष ठाकुरले विभिन्न जिल्ला तथा प्रदेशमा गरेका मनोनयहरु प्रति पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले विरोध गर्दै आइरहेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप