महन्थ ठाकुरले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ मा पार्टीका प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरु एकलौटी ढंगले नियुक्त गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
आइतबार लोसपा नेपालका असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले काठमाडौँस्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । सो क्रममा उनीहरुले ठाकुरले गरेका एकलौटी निर्णय सच्याउनुपर्नु माग गरे का छन्।
लोसपा नेपालका नेतृ विन्दु ठाकुरले अध्यक्ष ठाकुरलाई भेटेर यसबारे ध्यानाकर्षण गराउन खोजेपनि समय नदिएको गुनासो गरिन् । उनले भनिन्, ‘हामीले आइतवार पार्टीकोे केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ठाकुरसँग भेटघाट गर्न समय मागेका थियौं । तर, अध्यक्ष ठाकुरज्यूले हामीसँग भेट गर्न नमानेपछि पार्टी कार्यालय घेराउ गर्दै धर्ना दिएका हौं ।’
पार्टी विधान अनुसार अध्यक्षले केन्द्रिय कार्य समितिमा छलफल गरेर मात्रै नियुक्ती गर्नुपर्ने व्यवस्था भएपनि विधान र प्रक्रियालाई समेत ख्याल नगरिएको नेता धीरेन्द्रप्रसाद सिंहले बताए ।
उनले अध्यक्ष ठाकुरले गरेका नियुक्ती रद्द नभएसम्म केन्द्रिय कार्यालय घेराउ देखि तालाबन्दीसम्म गर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा