हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रचण्डको प्रस्ताव
सोमबार, १२ पुस २०७८, १६ : ११
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रस्ताव गरेका छन् । पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी कृषि उद्यम उद्योग ६ महिनाभित्र स्थापना गर्ने उल्लेख गरेका हुन् ।
स्थानीय स्रोत, बजार ख्याल गरेर खाद्यान्न, फलफूल, तरकारी, पशुपालन, नगदेबाली, घरेलु तथा साना उद्योग छान्न सकिने उनको भनाइ छ । जमिनको चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने गरी कम्पनी र सहकारी साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन गर्न सकिने उनले प्रस्ट पारेका छन् । ठुलो परिमाणमा काम गर्नु पर्ने भएमा दुई वा दुई भन्दा बढी पालिकाले संयुक्त रूपमा समन्वयमा त्यस्ता उद्योग, व्यवसाय सञ्चालन गरिने उनको भनाइ छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


