बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बन्दसत्र : प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन

सोमबार, १२ पुस २०७८, १५ : ५२
सोमबार, १२ पुस २०७८

नेकपा माओवादी अध्यक्ष प्रचण्डले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो ।  जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापा एनके प्रसाईंले गरेका छन् । 

यसैगरी प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क नेम्वाङले गरेका छन् ।  यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ । 
यस्तै लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल छानिएका छन् भने गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङले गरेकी छन् । 

यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् ।  पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ ।  यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् । यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालगायत टोली नेता तोकिएका छन् ।

मंगलबार दिनभर समूहगत छलफल हुनेछ भने बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुनेछ । 

यस्तो छ समूहगत विभाजन

समूह १ 
सहभागी- जेष्ठ कम्युनिष्ट मञ्च 
छलफलको स्थान- प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी- एनके प्रसाई

समूह २ र ३
सहभागी- सल्लाहकारहरु 
छलफलको स्थान- प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी- नन्दकुमार थापा

समूह ४ र ५
सहभागी- प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान- भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी- हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी- प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान- पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी- गणेश साह

समूह ८ र ९ 
सहभागी- लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी- चक्रपाणी खनाल

समूह १० र ११ 
सहभागी- गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी- गायत्री गुरुङ

समूह १२ 
सहभागी- प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी- लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी- कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी- विमला केसी

समूह १५ र १६
सहभागी- सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी- खगराज भट्ट

समूह १७ र १८ 
सहभागी- सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान- क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी- मायाप्रसाद शर्मा

समूह १९
सहभागी- उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी- जगत सिंखडा

समूह २० र २१ 
सहभागी- सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी- कृष्ण अधिकारी

समूह २२ र २३ 
सहभागी- बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान- काठमाडौं बैंकट, थापागाउँ 
समन्वय गर्ने जिम्मेवारी- सरल सहयात्री

समूह २४ 
सहभागी- आयोगका सदस्यहरु
छलफलको स्थान- काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी- विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी- जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु 
छलफल गर्ने स्थान- काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी- अमृता थापामगर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप