मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

बुधबार, ०७ पुस २०७८, १८ : ३५
बुधबार, ०७ पुस २०७८

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लागो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका बीच राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको हो । 

लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने नारा समेटिएको छ । यस्तै लोगोभित्र माओवादीको झण्डा बोकेका क्रान्तिकारीसहित पार्टी अध्यक्ष प्रचण्डको फोटो समेत रहेको छ ।

यस्तै लोगोभित्र विश्व कम्युनिस्ट नेताहरुको फोटोका साथै देशभित्रका धार्मिक र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको तस्बिरहरुलाई पनि समेटिएको छ । माओवादीको केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । ​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप