बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

माओवादी राष्ट्रिय सम्मेलन : तामझाम नगर्ने, विदेशी पाहुना नडाक्ने

महराको प्रश्न : हामी ०६४ सालमा सबभन्दा ठुलो पार्टी किन भयौँ ?
बुधबार, ०७ पुस २०७८, २० : २७
बुधबार, ०७ पुस २०७८

नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म गर्ने प्रथम राष्ट्रिय सम्मेलनमा कुनै तामझाम नगर्ने र विदेशी पाहुना समेत नबोलाउने जनाएको छ । राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिन बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनमा कुनै तामझाम नगर्ने बताएका हुन् । 

साथै उनले राष्ट्रिय सम्मेलन र महाधिवेशन फरक हुने भएकाले सम्मेलनमा विदेशी पाहुना समेत नबोलाउने बताए ।‘यो महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन हो, यसको मुख्य काम नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्नु हो,’ प्रवक्ता महराले भने, ‘सम्मेलनमा हामी कुनै तामझाम गर्दैनौ ।’ त्यस्तै उनले सम्मेलनमा राष्ट्रिय,अन्तराष्ट्रिय अतिथि पनि नबोलाउने बताए । 

प्रवक्ता महराले पूर्वनिर्धारित तालिका अनुसार पुष ११ गतेदेखि १३ गतेसम्म सम्मेलन गर्ने भनिएपनि एकदुई दिन लम्बिन सक्ने बताए । पुस ११ देखि १३ गतेसम्म भनेका छौ तर एकदुई दिन लम्बिन पनि सक्छ’, पत्रकार सम्मेलनको सुरुमै महराले भने, ‘राष्ट्रिय सम्मेलनमा पार्टीको आजसम्मका आरोह–अवरोहको सम्बन्धमा गम्भिर रुपले छलफल र बहस हुन्छ ।’​

​प्रवक्ता महराले कमिकमजोरीहरुका बारेमा पनि पर्याप्त बहस, छलफल र समिक्षा हुने बताए । 
‘हामी ६४ सालमा सबभन्दा ठुलो पार्टी थियौँ । ७० पछि हामी लगभग १० वर्ष जति सानो पार्टी भयौँ । र सानो पार्टी हुँदाखेरी हामीले भएका अरु पार्टीहरु सँग सहकार्य गर्दाखेरीको र संसदीय अभ्यासमा हामीले भोगेका चिजहरूलाई गम्भिर रुपले समिक्षा गर्छौ’, उनले भने, ‘हामी ६४ सालमा सबभन्दा ठुलो पार्टी किन भयौँ ? त्यसपछि हामी किन साना भयौ ? र हामीले के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीत भएर बहस थाल्ने सोचेका छौँ ।’

महराले क्रान्तिकारी बाटोमा केही अवरोधहरुसँग लड्ने बेलामा केही कमी, कमजोरी भएको हुनसक्ने भन्दै समीक्षासहित राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने बताए । 

उनले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता भएको भन्दै पार्टी त्यसबाट विचलित भए÷नभएको सम्बन्धमा गम्भीर समिक्षा सम्मेलनमा हुने बताए । ‘हाम्रो सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवादलाई हो । त्यसको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो । कतै त्यो बाट विचलित त भएनौँ भन्नेमा पनि हामी समिक्षा गर्छौ’ महराको भनाइ छ । उनले पार्टी निर्माणमा केन्द्रीकृत अभिव्यक्ति दिने, एकतावद्ध हुने, क्रान्तिका बाँकी कार्यभारलाई सम्पन्न गर्ने बताए । ‘तर परम्परागत ढंगले क्रान्ति होइन, नयाँ ढंगले कसरी सम्पन्न गर्न सकिन्छ र नेपाली जनताको रुपान्तरणको सपनालाई कसरी पुरा गर्ने भन्ने कुरामा केन्द्रीत छौँ’, प्रवक्ता महराको भनाइ छ । 

नेतृत्व चयनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा महराले सम्ेमलनबाटै सर्वसहमति वा निर्वाचन भन्ने टुङगो लाग्ने जवाफ दिए । राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधिहरु सहभागी हुने माओवादीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप