शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

माओवादी राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको हिसाबकिताब : कहाँबाट कति ?

बुधबार, ०७ पुस २०७८, १४ : ४४
बुधबार, ०७ पुस २०७८

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनमा ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जनाको सहभागिता रहने भएको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले  ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जना प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने जानकारी दिए । जसमा आयोजक पक्षबाट १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेशबाट ८०३ जना सहभागी हुनेछन् । सम्मेलनमा प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४ जना सहभागी हुनेछन् ।

    माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप