१४ औँ महाधिवेशनमा हार्ने चर्चित नेताहरू

काँग्रेसका केही चर्चित नेताहरू १४ औँ महाधिवेशनमा पनि पराजित भएका छन् । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वसांसद त्रैलोक्य प्रताप सेन पनि पराजित भएका हुन् । यस्तै नेविसंघको राजनीति गरेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि पराजित भएका छन् ।
बेलायतको राजदूत भएका डा. सुरेन्द्रचन्द्र चालिसे र लोकेश ढकाल पनि पराजित भएका थिए । उनीहरू १३ औँ महाधिवेशनमा पनि पराजित भएका थिए ।
विद्यार्थी राजनीतिबाट आएका अधिकांश उम्मेदवारले चुनाव जित्दा नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य र पूर्वउपाध्यक्ष क्षितिज भण्डारी पराजित भए । पूर्वमन्त्री यज्ञबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, पूर्वसांसदहरू तारिणीदत्त चटौत, मोहनप्रसाद बराल र शारदा पौडेल पनि पराजित भए ।
निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका मंगलप्रसाद थारू, टीएन योगी, सुधीरकुमार शिवाकोटी र हरिप्रसाद नेपाल चुनिन सकेनन् । लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल पनि पराजित भए ।
यस्तै १३ औँ महाधिवेशनमा पराजित भएका चर्चित नेताहरू पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र मनमोहन भट्टराई यसपटक उम्मेदवार समेत भएनन् । यद्यपि जोशीलाई काँग्रेसले कारबाही गरेकाले उनी १४ औँ महाधिवेशनको चुनावी प्रक्रियामा सामेल नै हुन पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
-
आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
-
सरकारलाई प्रेस सेन्टरले बुझायो १५ बुँदे ज्ञापनपत्र
-
‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता गरिएको छैन, भ्रमपूर्ण विज्ञप्तिबाट सचेत रहनुस्’
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री