शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शशांकलाई सर्वाधिक मत, एनपीले मारे १६ स्थानमाथि फड्को

आइतबार, ०४ पुस २०७८, २१ : ०८
आइतबार, ०४ पुस २०७८

१४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदसयतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । देउवा–कोइराला दुवै पक्षको प्यानलमा समेटिएका उनी सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । कोइरालाले ३८३६ मत पाएका हुन् । 

यस्तै नेता एनपी साउदले  दोस्रो नम्बरको मत पाएका छन् । १३ औँ महाधिवेशनमा २५ खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा साउदले १८ नम्बरमा मत पाएका थिए । १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन नपाएपछि केन्द्रीय सदस्य बनेका साउदले २९३७ मत पाए ।

सभापति शेरबहादुर देउवा समूहबाट उनी सबैभन्दा बढी मत ल्याउने नेता बनेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले तेस्रो लोकप्रिय मत पाएका छन् । उनले २८७९ मत प्राप्त गरेका हुन् । १३ औँ महाधिवेशनमा उनी ८ नम्बरमा मत पाएका थिए । 

​यस्तै १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका उदयशम्शेर राणा र रामहरि खतिवडाले सानदार मत ल्याएर केन्द्रीय सदस्यमा नयाँ प्रवेश पाएका छन् । राणाले चौथो र खतिवडाले पाँचौँ नम्बरको लोकप्रिय मत पाएका छन् । १३ औँ महाधिवेशनमा ९ नम्बरमा मत पाएका लेखक तीन स्थान अगाडि सर्दै यसपटक छैटोँ लोकप्रिय मत पाएका छन् ।

सातौँमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र आठौँमा हिन्दुवादी नेता शंकर भण्डारीले स्थान जमाए । १३ औँ महाधिवेशनमा कार्कीले २१ र भण्डारी १७ नम्बरमा खुला केन्द्रीय सदस्य बनेका थिए ।

यस्तै नौ नम्बरमा जिपछिरिङ लामा र १० औँमा अर्जुननरसिंह केसीले मत ल्याएका छन् । १३ औँमा केसी महामन्त्रीमा पराजित भएका थिए भने लामा केन्द्रीय सदस्यमा । यस्तै नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पनि राम्रो संस्थानका साथ काँग्रेस समितिमा प्रवेश पाएका छन् । यस्तै राप्रपा परित्याग गरी काँग्रेसमा आएका काँग्रेसका निवर्तमान सहमहामन्त्री सुनिल थापाले पनि राम्रो मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप