आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पौडेल र शशांकको हामीलाई आशीर्वाद छ : डा कोइराला

आइतबार, २६ मङ्सिर २०७८, १८ : ४०
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । 
आइतबार साँझ राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरुको सिंगो प्यानललाई पौडेल र शशांकको आशीर्वाद रहेको बताएका हुन् । 

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, उनले भने, ‘वरिष्ठ नेता र महामन्त्रीको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप