देउवालाई शेखरको जवाफ–नेतृत्व परिवर्तन हुन्छ, गठबन्धन कायम रहन्छ (भिडियोसहित)
नेपाली काँग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले भोलि हुने निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताएका छन् । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले पार्टीमा आफ्नो नेतृत्व नभए सरकार ढल्ने अभिव्यक्ति दिएको भन्दै उनले कटाक्ष गर्दै नेतृत्व परिवर्तन भइछाड्ने बताएका हुन् । देउवाको सो अभिव्यक्तिले आम नेता कार्यकर्तालाई निराश पारेको पनि कोइरालाले बताए ।
आइतबार साँझ राजधानीमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘म हारेँ भने यो गठबन्धन सरकार जान्छ, भनेर भनिदिनुभयो । साथीहरु म भन्छु, नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ.. । सँगसँगै नेतृत्व परिवर्तनपछि गठबन्धन थप सुदृढ र संगठित भइकन निर्वाचनमा होमिन्छौं । यो सरकारलाई अझ मजबुत गर्ने प्रयास हाम्रो नेतृत्वले गर्छ ।’ देउवाले आफूलेे चुनाव हारे गठबन्धन ढल्ने बताएर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको शेखरको भनाइ थियो ।
उनले आफूहरुले गतिशील र ऊर्जाशील काँग्रेस बनाउन गइरहेको पनि बताए । नयाँ विचार र कार्यशैलीबाट अघि बढ्ने प्रतिबद्धता आफूहरुको रहेको उनको भनाइ छ । उनले आफू नेतृत्वमा आए पार्टीका भ्रातृ र शुभेच्छुक संस्थालाई सुदृढ गरेर अघि बढ्ने बताउँदै त्यसलाई क्रियाशील र जिम्मेवार बनाएर लैजाने पनि प्रण गरे । जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व पार्टीमा महत्त्वपूर्ण भएको बताउँदै उनले त्यसमा आफू प्रतिबद्ध रहेको पनि बताए ।
कोइरालाले आफ्नो समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको पनि बताए ।
‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, उनले भने, ‘वरिष्ठ नेता र महामन्त्रीको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’
भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
