बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बजेपछि सभापतिमा मेरो उम्मेदवारी दर्ता हुन्छ : विमलेन्द्र निधि

शनिबार, २५ मङ्सिर २०७८, ०९ : ०२
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेको बताएका छन् । ​रातोपाटीसँगको कुराकानीमा निधिले पूर्ण टीम बनाएर उम्मेदवारी दिने कि पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताए ।

उनले भने, 'मैले महामन्त्रीको उम्मेदवारका लागि साथीहरुसँग छलफल गरिरहेको छु । पुरै टीम दिने कि खाली पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ । सम्पर्क कार्यालयमा साथीहरुसँग छलफल भइरहेको छ ।' 

दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्ने निधिले जानकारी दिए । उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै छु । ३ बजेपछि मेरो उम्मेदवारी दर्ता हुन्छ ।  मेरो उम्मेदवारी दिने कुरा पक्का हो ।’ 

शनिबार विहान १० बजेबाट साँझ ५ बनेसम्म उम्मेदवारी दर्ता कार्यक्रम छ । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र निधि दुई जना सभापतिका उम्मेदवार भन्ने निश्चित भएको छ । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका नेता गोपालमान श्रेष्ठले भने देउवालाई समर्थन जनाएका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप