सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गोपालमानले छोडे सभापतिको दाबी, जनाए देउवालाई समर्थन

शनिबार, २५ मङ्सिर २०७८, ०८ : १६
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवा समूहकै नेता श्रेष्ठले १४ औं  महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । अन्तिममा आएर श्रेष्ठ देउवालाई समर्थन गर्ने निर्णय पुगेका छन् । शनिबार (आज) बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।

देउवाले सभापतिमा दोहोरिन चाहेपछि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन् ।

श्रेष्ठले भने, 'हामीले जित्नु पर्छ । हामी जित्ने कुरामा म जहाँ बसेर पनि काम गर्न तयार छु ।' सभापतिमा देउवालाई समर्थन जनाउने भएपछि अब केमा उम्मेदवारी दिने हुन्छ भन्ने रातोपाटीको प्रश्नमा श्रेष्ठले छलफलमा रहेको जवाफ दिए ।

उनले भने,  'साथीहरूसँग छलफल र परामर्शमा छु । हाम्रो टीमलाई कसरी जिताउने भन्ने मुख्य कुरा हो । हाम्रो टीम जित्ने कुरामा को नेता कहाँ रहन्छ भन्ने कुरा गौण हो । ' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप