गोपालमानले छोडे सभापतिको दाबी, जनाए देउवालाई समर्थन
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवा समूहकै नेता श्रेष्ठले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । अन्तिममा आएर श्रेष्ठ देउवालाई समर्थन गर्ने निर्णय पुगेका छन् । शनिबार (आज) बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।
देउवाले सभापतिमा दोहोरिन चाहेपछि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन् ।
श्रेष्ठले भने, 'हामीले जित्नु पर्छ । हामी जित्ने कुरामा म जहाँ बसेर पनि काम गर्न तयार छु ।' सभापतिमा देउवालाई समर्थन जनाउने भएपछि अब केमा उम्मेदवारी दिने हुन्छ भन्ने रातोपाटीको प्रश्नमा श्रेष्ठले छलफलमा रहेको जवाफ दिए ।
उनले भने, 'साथीहरूसँग छलफल र परामर्शमा छु । हाम्रो टीमलाई कसरी जिताउने भन्ने मुख्य कुरा हो । हाम्रो टीम जित्ने कुरामा को नेता कहाँ रहन्छ भन्ने कुरा गौण हो । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
