आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महाधिवेशन उद्घाटन कार्यक्रममै सिटौलाले गरे प्रदीप पौडेलको प्रचार

शुक्रबार, २४ मङ्सिर २०७८, १७ : ४३
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन कार्यक्रममै काँग्रेस नेता कृष्ण प्रसाद पौडेलले नेता प्रदीप पौडेलको प्रचार गरेका छन् । उनले आफ्नोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मा प्रदीप पौडेललाई दिएको भन्दै पौडेलको प्रचार गर्न भ्याए । सिटौलाले पौडेललाई महामन्त्रीको रूपमा अघि सारेका छन् भने चुनावमा सिटौलाले शेरबहादुर देउवालाई सहयोग गर्न लागेको बताइएको छ । उनले थप कुरा भोलि उम्मेदवारी दर्ता गर्ने क्रममा सार्वजनिक गर्ने पनि बताए । 

उनले भने, ‘मेरो थप कुरा भोलि हुन्छ । मैले आफ्नो कुरा राख्छु । हिजो पनि पत्रकार सम्मेलनका क्रममा मेरा केही कुरा राखेको थिएँ । मैले प्रदीप पौडेलजस्ता युवालाई अघि बढाएको भनेको थिएँ । मेरो त्यही स्पिरिट हो । जो युवा मसँग रहिरहन्छ, त्यस्तै प्रकारको साथी अघि बढिरहन्छन् । तिनीहरूको साथमा म रहिरहन्छु ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप