आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पार्टीभित्र विभाजनको मानसिकता गहिरिएको छ: सिटौला

शुक्रबार, २४ मङ्सिर २०७८, १७ : ४०
शुक्रबार, २४ मङ्सिर २०७८

काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले तल्लो तहसम्मै विभाजनको रेखा गहिरिएको बताएका छन् । पार्टीको १४ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विभाजनको रेखालाई पुर्नु आवश्यक भएको बताए । 

‘वडादेखि केन्द्रसम्म आइपुग्दा सातौँ तहका प्रतिस्पर्धामा हामी प्रवेश गर्दैछौँ’, सिटौलाले भने, ‘हरेक तहको प्रतिस्पर्धा निकै कडा भएको छ । हाम्रो प्रतिस्पर्धाबाट विभाजित हाम्रो मानसिकता गहिरिएको छ । त्यसलाई पुरेर फेरि महाधिवेशनपछि पछि आन्तरिक एकता कसरी गर्ने भन्ने हाम्रो सामु चुनौती छ ।’

पार्टीभित्र भावनात्मक एकता र ऊर्जा भरेर पार्टी सम्पूर्ण रूपले तीन तहको चुनावमा होमिनुपर्ने उनको भनाइ छ।  प्रतिस्पर्धा गर्दै गर्दा पार्टीभित्र सम्पूर्ण एकताका लागि सबै नेता कार्यकर्ता गम्भीर हुनुपर्नेमा उनको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप