काँग्रेस महाधिवेशन : २ महामन्त्रीमा १२ जनाको दावेदारी, कसले मार्ला बाजी ?
नेपाली काँग्रेसको १४ महाधिवेशन मिति सन्निकटमा पुग्दा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । दुई दिनपछि मंसिर २४ गते उद्घाटन हुने काँग्रेस महाधिवेशनले ५ वर्षका लागि केन्द्रीय नेतृत्व छान्ने हुँदा आकांक्षीहरूले धमाधम दावेदारी घोषणा गर्न थालेका हुन् । झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको काँग्रेसले एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १६५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्दैछ ।
तीन समूहमा विभाजित काँग्रेस शेरबहादुर देउवा समुह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहमा विभाजित छ । यो पटक विगतमा देउवासँगै रहेका विमलेन्द्र निधि पनि सभापति दावी गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । यद्यपी कुनैपनि समुहले आफ्नो प्यानल भने बनाइसकेका छैनन् । प्यानल बनाउने र उम्मेदवार घटाउने कसरतमा जुटेका काँग्रेस नेताहरुको दौडधूप जारी रहेकै बेला काँग्रेसको केन्द्रीय पदाधिकारीमध्ये सभापति र उपसभापति पछिको शक्तिशाली मानिने महामन्त्री पदमा रोचक भीडन्त हुने देखिएको छ ।
निर्वाचित हुने दुई महामन्त्री पदका लागि अहिलेसम्म एक दर्जन नेताहरुले दावेदारी पेश गरिसकेका छन् । जसमा संस्थापन पक्षका ६ र इतर पक्षका ५ र सिटौला समूहबाट १ जना छन् । संस्थापन पक्षबाट बालकृष्ण खाण, विश्वप्रकाश शर्मा,डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र ज्ञानेन्द्र कार्कीले महामन्त्रीका दागि दावेदारी पेश गरिसकेका छन् । त्यस्तै संस्थापन इतर पक्षबाट डा. मिनेन्द्र रिजाल, गगन थापा,धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीका लागि दावेदारी पेश गरेका छन् । सिटौला समूहबाट भने प्रदीप पौडेलले महामन्त्रीको दावी गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै केन्द्रीय सदस्य खुल्लातर्फ ३५, प्रदेशतर्फ २१, महिला ९, समावेशी ५४ अल्पसंख्यक २ र थप ३३ जना सदस्यका लागि पनि आकांक्षीहरूले धमाधम उम्मेदवारीको घोषणा हेरिरहेका छन् ।
संस्थापन पक्षबाट महामन्त्रीका दावेदार :
बालकृष्ण खाँण
विश्वप्रकाश शर्मा
डा. प्रकाशशरण महत
रमेश लेखक
एनपी साउद
ज्ञानेन्द्र कार्की
संस्थापन इतर पक्षबाट महामन्त्रीमा दावेदार :
डा. मिनेन्द्र रिजाल
गगन थापा
धनराज गुरुङ
चन्द्र भण्डारी
दीपक गिरी
प्रदीप पौडेल (सिटौला समूह)
को बलियो ?
संस्थापन पक्षबाट ६ जनाले महामन्त्रीमा दावेदारी पेश गरेपनि खाण, शर्मा र महत बलिया उम्मेदवारका रुपमा चिनिन्छन् । त्यस्तै संस्थापन इतरबाट रिजाल, थापा र भण्डारीलाई बलियो उम्मेदवारका रुपमा लिएको काँग्रेसजनमा चर्चा छ । उता सिटौला समूहका पौडेल पनि युवा नेता भएकाले उत्तिकै चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई