बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा पक्षले जितेको बागमती प्रदेशबाट महाधिवेशनमा ८७८ प्रतिनिधि (सूचीसहित)

बुधबार, २२ मङ्सिर २०७८, १६ : ५४
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट ८७८ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८७८ जना महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने भएका हुन् । 

काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् । यस्तै रामेछापबाट पनि २७, सिन्धुलीबाट ५२, रसुवाबाट पनि २७ जना प्रतिनिधि चयन भएका छन् । रसुवाबाट जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

यसैगरी धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौंबाट २६६ प्रतिनिधि चयन भएका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रबाट सो संख्यामा प्रतिनिधि चयन भएका हुन् । यसैगरी भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना प्रतिनिधि चयन भएका छन् । ललितपुरका ३ निर्वाचन क्षेत्रबाट यो संख्यामा प्रतिनिधि चयन भएका हुन्। 

यसैगरी काभ्रेबाट ५३, सिन्धुपाल्चोक र मकवानपुरबाट बाट ५२–५२ जना प्रतिनिधि चयन हुँदा ७९ जना चितवनबाट चयन भएका छन् । बागमती प्रदेशमा भएको प्रदेश अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो । यसै साता सम्पन्न अधिवेशनमा देउवा पक्षका इन्द्र बानियाँ सिटौला समूह समेतको सहयोगमा विजयी भएका थिए । 

 

 


बागमती प्रदेशका महाधिवेशन प्रतिनिधि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप