देउवा पक्षले जितेको बागमती प्रदेशबाट महाधिवेशनमा ८७८ प्रतिनिधि (सूचीसहित)
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट ८७८ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८७८ जना महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने भएका हुन् ।
काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् । यस्तै रामेछापबाट पनि २७, सिन्धुलीबाट ५२, रसुवाबाट पनि २७ जना प्रतिनिधि चयन भएका छन् । रसुवाबाट जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
यसैगरी धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौंबाट २६६ प्रतिनिधि चयन भएका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रबाट सो संख्यामा प्रतिनिधि चयन भएका हुन् । यसैगरी भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना प्रतिनिधि चयन भएका छन् । ललितपुरका ३ निर्वाचन क्षेत्रबाट यो संख्यामा प्रतिनिधि चयन भएका हुन्।
यसैगरी काभ्रेबाट ५३, सिन्धुपाल्चोक र मकवानपुरबाट बाट ५२–५२ जना प्रतिनिधि चयन हुँदा ७९ जना चितवनबाट चयन भएका छन् । बागमती प्रदेशमा भएको प्रदेश अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो । यसै साता सम्पन्न अधिवेशनमा देउवा पक्षका इन्द्र बानियाँ सिटौला समूह समेतको सहयोगमा विजयी भएका थिए ।
बागमती प्रदेशका महाधिवेशन प्रतिनिधि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

