शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको बैठक, दाबेदार नै आएनन्

बुधबार, २२ मङ्सिर २०७८, ११ : ०९
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बुधबार बोलाइएको बैठकमा सभापतिका दाबेदार भनिएका नेताहरू नै अनुपस्थित बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजनमा बोलाइएको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर, हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारहरू भनिएका नेताहरू कोही पनि आएका छैनन् ।

संस्थापन इतर पक्षबाट पौडेलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला सभापतिका दाबेदार रहेका छन् । समूहबाट साझा उम्मेदवार तय गर्न भन्दै आजको बैठकमा आफूनिकट केन्द्रीय सदस्य, नव निर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिको टोली बोलाइएको थियो । बैठकमा पौडेल पुगे पनि अन्य आकाङ्क्षीहरू भने अनुपस्थित रहे । अरू नेताहरू नआएपछि पौडेल पनि बैठकस्थलबाट बाहिरिएका छन् । अहिले सभापतिका कुनै पनि आकांक्षीबिना नै बैठक चलिरहेको छ ।

म‌ंगलबार साँझ पनि संस्थापन इतर पक्षको बैठक बसेको थियो । बैठकपछि पौडेलले बुधबार साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा तय गर्ने दाबी गरेका थिए । साझा उम्मेदवार चयनका सन्दर्भमा मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलपछि पौडेलले भने, ‘साझा उम्मेदवार चयनका लागि विभिन्न कोणबाट छलफल गरौँ । हामी सहमतिको करिब नजिक नजिक छौँ । केही प्रक्रिया पुरा गर्न बाँकी छ । त्यो प्रक्रिया पुरा गरेर भोलि साँझसम्म निर्णय सार्वजनिक गर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप