सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको बैठक, दाबेदार नै आएनन्
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बुधबार बोलाइएको बैठकमा सभापतिका दाबेदार भनिएका नेताहरू नै अनुपस्थित बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजनमा बोलाइएको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर, हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारहरू भनिएका नेताहरू कोही पनि आएका छैनन् ।
संस्थापन इतर पक्षबाट पौडेलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला सभापतिका दाबेदार रहेका छन् । समूहबाट साझा उम्मेदवार तय गर्न भन्दै आजको बैठकमा आफूनिकट केन्द्रीय सदस्य, नव निर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिको टोली बोलाइएको थियो । बैठकमा पौडेल पुगे पनि अन्य आकाङ्क्षीहरू भने अनुपस्थित रहे । अरू नेताहरू नआएपछि पौडेल पनि बैठकस्थलबाट बाहिरिएका छन् । अहिले सभापतिका कुनै पनि आकांक्षीबिना नै बैठक चलिरहेको छ ।
म‌ंगलबार साँझ पनि संस्थापन इतर पक्षको बैठक बसेको थियो । बैठकपछि पौडेलले बुधबार साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा तय गर्ने दाबी गरेका थिए । साझा उम्मेदवार चयनका सन्दर्भमा मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलपछि पौडेलले भने, ‘साझा उम्मेदवार चयनका लागि विभिन्न कोणबाट छलफल गरौँ । हामी सहमतिको करिब नजिक नजिक छौँ । केही प्रक्रिया पुरा गर्न बाँकी छ । त्यो प्रक्रिया पुरा गरेर भोलि साँझसम्म निर्णय सार्वजनिक गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

