शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चाक्सीबारीमा जुट्यो पौडेल समूह : सभापतिको साझा उम्मेदवार तय होला  ?

मङ्गलबार, २१ मङ्सिर २०७८, १४ : ०४
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाली काँग्रेस रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो साढे १ बजेबाट बैठक सुरु भएको हो । 

१४ औँ महाधिवेशनमा पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बैठक भइरहेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा पनि सभापतिका आकांक्षीबीच छलफल भएको थियो । पौडेल समूहमा नेता पौडेल महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिका दाबेदार छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप