बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

मङ्गलबार, २१ मङ्सिर २०७८, ०८ : १०
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।

सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेको छ ।

 

सभापतिको साझा उम्मेदवार बनाउन युवा नेताहरूले पनि छुट्टै छलफल अगाडि बढाएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । सोमबार दिउँसो तीन बजे शेखर कोइरालासँगको छलफलपछि युवा नेताहरूले छुट्टै छलफल गरेका थिए । सोमबार साँझ ५ बजेपछि भएको छलफलमा युवा गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाईँलगायतको सहभागी थिए ।

 

उनीहरुबीच आज बिहान ९ बजे पनि छलफल हुँदै छ । आजको छलफलका युवा केन्द्रीय सदस्य, केही पूर्व जिल्ला सभापति र केही वर्तमान जिल्ला सभापतिबीच छलफल हुन लागेको पाण्डेले बताए । 

पाण्डेले भने, 'सभापतिमा साझा उम्मेदवार खडा गर्न नेताहरूलाई कसरी दबाब दिने, टिम कसरी बनाउने, क्लस्टरमा के के गर्ने भन्ने विषयमा छलफल हुन्छ ।' सुरुमा सभापतिका दाबेदारमध्ये कसैको पक्षमा उभिने भन्दा पनि सबैलाई मिल्न दबाब दिने रणनीतिमा रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप