शेरबहादुरजी आत्तिनुभयो, म छोड्दिनँ : शेखर कोइराला
नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशन सकिएको केही समयपछि नै १४ औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दाबी गर्ने पहिलो व्यक्ति हुन् डा. शेखर कोइराला । सुरुदेखि नै उनी जिल्ला दौडाहामा निक्लिए । केन्द्रीय सदस्य मात्रै रहेका डा. कोइरालाले सभापतिमा दाबी गर्ने बेला भएको छैन भन्दै संस्थापन पक्षका नेताहरूले टिप्पणी गरिरहेका बेला अहिले राप्रपामा राजेन्द्र लिङ्देनले कमल थापालाई हराएपछि काँग्रेसमा पनि यसको बाछिटा पर्न थालेको छ ।
सोमबार सम्पादकहरूसँगको छलफलमा उपस्थित डा. कोइरालाको दायाँबायाँ उपस्थित युवाहरूको टिमले नेपाली काँग्रेसभित्रको युवापुस्ता र डा. शेखर एक ठाउँमा डोलायमान हुन थालेको सङ्केत गरेको छ । सोमबारको भेलामा काँग्रेसका युवा नेता गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाई लगायतको सहभागिता देखिएको थियो । उनीहरू सबैले काँग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका थिए ।
डा. शेखर संस्थापन इतर पक्षबाट सभापतिका दाबेदार हुन् । रामचन्द्र पौडेल पक्षधर भनिएको यो समूहबाट अहिलेसम्म डा. शेखरसहित रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइरालासमेत चार जनाले सभापतिमा दाबी गरिरहेका छन् । अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने कसरत भइरहेको छ । यसका लागि सोमबार साँझ पनि चार नेताबीच भेटवार्ता भएको थियो ।
सुरुदेखि नै सभापतिका लागि मैदानमा उत्रेका डा. शेखरले आफू बलियो बन्दै गएको र शेरबहादुर देउवाचाहिँ आत्तिएको दाबी गरे । आफ्नो पक्षका चार जनामध्ये रामचन्द्र र शशांकले आफूलाई सघाउने र पहिलो चरणमा आफ्नो समूहबाट बढीमा दुईजनासम्म उम्मेदवार हुन सक्ने उनले आकलन गरे ।
तर, संस्थापन इतर पक्षमा मात्रै गुटबन्दी रहेको नसोच्न कोइरालाले पत्रकारहरूलाई आग्रह गरे । सोमबार बत्तीसपुतलीमा केही सम्पादकहरूसँगको कुराकानीका क्रममा डा. कोइरालाले भने, ‘रोचक के छ भने तपाईं( पत्रकार)हरू संस्थापन इतर पक्षमा गुटबन्दी छ भन्नुहुन्छ, संस्थापन पक्षमा चाहिँ केही भन्नुहुन्न, त्यो पनि हेर्नु न । संस्थापन पक्षमा पनि गुटबन्दी छ भन्ने पनि उजागर गरिदिनोस् न । संस्थापन पक्षमा पनि विमलेन्द्रजी उम्मेदवार हुनुहुन्छ भनेर त लेखिदिनुपर्‍यो ।
डा. कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन अत्यन्त खर्चिलो भएको बताएका छन् । उनी भन्छन्, ‘यसपालि तपाईंंहरूले पनि महसुस गर्नुभएको होला, हामीले पनि महसुस गरेका छौं, पार्टीको निर्वाचन प्रक्रिया अत्यन्त लामो र अत्यन्त महँगो भयो । अब मजस्ता व्यक्तिले पनि पार्टीको चुनाव लड्न सक्ने अवस्था अब बन्लाजस्तो छैन जस्तो लाग्छ आगामी १५ औँ महाधिवेशनमा ।’
सभापतिका अथक दाबेदार डा. कोइरालाले सम्पादकहरूसँगको छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
गुटबन्दीले काँग्रेस थिलथिलो भएको छ
हामी १४ औँ महाधिवेशनको सँघारमा छौँ । २४ गते महाधिवेशन उद्घाटन हुँदैछ । २५ गते मनोनयन छ र २७ गते निर्वाचन हुँदैछ । यसचोटि हाम्रो महाधिवेशन निर्वाचनमुखी मात्रै छ, नीति कार्यक्रमहरू केही पनि नबनाई सोझै हामी निर्वाचनमा जाँदैछौँ ।
तपाईंंहरूलाई अवगतै छ, नेपाली काँग्रेस वास्तवमा लोकतान्त्रिक पार्टी हो । तर, अहिले लोकतन्त्र संस्थागत हुन सकिराखेको छैन । तेह्रौँ महाधिवेशनपछि हामीले नयाँ नेतृत्व खोजेका थियौं । ताजा र नयाँ अनुहारको नेतृत्व खोजे पनि हामीले त्यसबेला धेरै गर्न सकेनौँ ।
यो पाँच वर्षमा हामीले धेरै छलफल गर्यौँ । नेपाली काँग्रेसका युवा साथीहरूसँग हामीले धेरै छलफल र बहस गरेर हामी केही निष्कर्षमा पुग्यो । नेपाली काँग्रेसलाई एक नम्बर पार्टी बनाउनुपर्यो, सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो । युवाहरूलाई नेतृत्वमा कसरी पुर्याउने भन्ने कुरा हामीले छलफलमा ल्याएका छौँ ।
नेपाली काँग्रेस गुटबन्दी र भागबण्डाले अत्यन्तै थिलथिलो भएको छ । यसपालिको अधिवेशनले त हामीलाई कस्तो बनायो भने वडाको अधिवेशनदेखि नै गुटबन्दी बढेको छ । गुटबाट तलमाथि गर्यो भने कोही साथीहरू निस्कनेवाला हुनुहुन्न । यस्तो अवस्थामा हामी गइरहेका छौँ । यो गुटबन्दीको अन्त्य कसरी गर्ने ? तपाईंहरूको सुझाव चाहिएको छ । नेपाली काँग्रेसलाई पार्टीको प्लेटफर्ममा मात्रै सीमिति नराखिकन कसरी पब्लिक प्लेटफर्ममा हामी जान सक्छौँ ? त्यतातिर पनि हामी हामी नयाँ नेतृत्वले जानुपर्छ भन्ने मलाई लाग्छ ।
धेरै ठाउँमा जिल्ला सभापतिहरू हार्नुभयो । कञ्चनपुर जिल्लाको पार्टी सभापति हार्नुभयो । बागलुङको हार्नुभयो । सुर्खेत हार्नुभयो । ५–६ वटा जिल्लाको सभापति हार्नुभयो । यसलाई म राम्रो सङ्केत हो भन्दिनँ ।
महाधिवेशन खर्चिलो भयो
यसपालि तपाईंँहरूले पनि महसुस गर्नुभएको होला, हामीले पनि महसुस गरेका छौँ, पार्टीको निर्वाचन प्रक्रिया अत्यन्त लामो र अत्यन्त महँगो भयो । अब मजस्ता व्यक्तिले पनि पार्टीको चुनाव लड्न सक्ने अवस्था अब बन्लाजस्तो छैन जस्तो लाग्छ आगामी १५ औँ महाधिवेशनमा । यस्तो अवस्थातर्फ हामी गइराखेका छौँ । यसलाई कसरी म्यानेज गर्ने ? वास्तवमा नेपाली काँग्रेसमा अहिले बहसका विषयहरू भन्दाखेरि यिनै विषयहरूमा हामी छलफल गर्दैछौँ ।
राष्ट्रियता, जनजीविका, समाजवादको विषयमा कुरा गर्दा कस्तोखाले समाजवाद नेपाली काँग्रेसले खोजेको हो ? यो विषयमा पनि कसरी अगाडि जाने भनेर हामीबीचमा युवा साथीहरूसँग छलफल भइराखेको छ ।
नेपाली काँग्रेसको वडाको अधिवेशन, जिल्लाको अधिवेशन, क्षेत्रको अधिवेशन हुँदै महाधिवेशन हुन्छ । वडाको अधिवेशन हुँदा वडाका साथीहरूबीच अन्तरविरोध हुन्छ । त्यहीँनेर एकजनाले अर्कोलाई हराउन खोज्छन् । महाधिवेशनमा पनि यो मान्छे अगाडि जान्छ कि भनेर राम्रै मान्छे र सिनियर साथीहरूलाई पनि हराउने प्रयास हुँदोरहेछ ।
हामी आफूलाई संस्थापन इतर पक्ष भन्छौँ । रोचक के छ भने तपाईं( पत्रकार) हरू संस्थापन इतर पक्षमा गुटबन्दी छ भन्नुहुन्छ, संस्थापन पक्षमा चाहिँ केही भन्नुहुन्न । त्यो पनि हेर्नु न ।
धेरै ठाउँमा जिल्ला सभापतिहरू हार्नुभयो । कञ्चनपुर जिल्लाको पार्टी सभापति हार्नुभयो । बागलुङको हार्नुभयो । सुर्खेत हार्नुभयो । ५–६ वटा जिल्लाको सभापति हार्नुभयो । यसलाई म राम्रो सङ्केत हो भन्दिनँ । यसरी किन हराइँदो रहेछ भनेर एनालाइसिस गर्दाखेरि मैले के पाएँ भने महाधिवेशन प्रतिनिधिमा हार्यो भने उसले जिल्ला सभापतिमा लड्न पाउँदैन । त्यो कारणले पनि हराउँदा रहेछन् मान्छेले । यसलाई हामीले भोलिको दिनमा कसरी म्यानेज गर्ने ?
म स्ट्रोङ छु
४–५ वर्ष अघिदेखि सभापतिमा उठ्ने चर्चा गरिरहेको मान्छे, पछिल्लो समयमा तपाईं अलि शिथिल हुनुभयो कि भनेर साथीहरूले भन्नुभयो । म शिथिल भएको छैन, मैले जानीबुझी नै आफूलाई रोकेको हुँ । किन रोकेको भन्दाखेरि हेरौँ न, साथीहरूले के भन्नुहुन्छ, के गर्नुहुन्छ, हेरौँ न । पार्टीका साथीहरूसँग अन्तरक्रिया त म गरिरहेको छु तर म शिथिल भएको छैन । म पहिलेकै रफ्तारमा छु । अन्तरवार्ता–सन्तरवार्ता यताउति दिनमा चाहिँ मैले अहिले आफैँलाई अलिकति चेक गरेको छु । कति दिने, अहिले अलिकति रोकौँ भन्ने मात्रै हो मेरो भनाइ ।
देउवा पक्षमा पनि गुटबन्दी छ
हामी आफूलाई संस्थापन इतर पक्ष भन्छौँ । रोचक के छ भने तपाईं( पत्रकार) हरू संस्थापन इतर पक्षमा गुटबन्दी छ भन्नुहुन्छ, संस्थापन पक्षमा चाहिँ केही भन्नुहुन्न । त्यो पनि हेर्नु न । संस्थापन पक्षमा पनि गुटबन्दी छ भन्ने पनि उजागर गरिदिनोस् न । संस्थापन पक्षमा पनि विमलेन्द्रजी उम्मेदवार हुनुहुन्छ भनेर त लेखिदिनुपर्‍यो ।
तपाईंहरू खाली के हेरिरहनुभएको छ भने संस्थापन इतर पक्षमा सभापतिका चारजना उम्मेदवार छन् । मलाई लाग्छ, गोपालमानजी उठ्नुहुन्न होला, तर विमलेन्द्रजी चाहिँ सिरियसरुपमा आइरहनुभएको छ । धेरैपछि उम्मेदवारी घोषणा गरेको हुनाले उहाँ भोकल भएर आइरहनुभएको हो जस्तो लाग्छ मलाई । मधेसमा उहाँको अहिले कत्तिको पकड जमेको छ, म अहिले भन्न सक्दिनँ । किनभने मधेसमा अधिवेशनहरू नै धेरै ठाउँमा भइसकेको छैन । २ नम्बर प्रदेशको अधिवेशन पनि सकिएको छैन ।
सुदूरपश्चिम हाम्रो पहिले पनि राम्रो होइन, जति आउँछ त्यति आओस् भन्ने हो । तर, तेह्रौँ महाधिवेशनभन्दा यसचोटि तुलनात्मक रुपमा राम्रो छ । दार्चुला जितेका छौं । बझाङमा राम्रो भएको छ । बैतडी जितेका छौं । कैलालीबाहेक सबैतिर हाम्रो राम्रै छ ।
सात प्रदेशको स्थिति
प्रदेशको अधिवेशनले के इङ्गित गरिराखेको छ भनेर यहाँहरूले सोध्नुभयो । एक नम्बर प्रदेशको सभापतिमा हामी हार्यौं । तर, हामी कमजोर चाहिँ हैनौं । त्यहाँ हाम्रो अलिकति मिस म्यानेजमेन्ट भएको हो । हामीले भोट हालेको भए पनि दुई भोटले जित्थ्यो होला, तर त्यसमा निर्वाचन समितिले गडबड गर्यो । मलाई एउटा कुरा भन्दिया छ, बलबहादुरजीलाई अर्को कुरा भनेको छ, सुजाताजीलाई अर्को कुरा भनेको छ । निर्वाचन समितिले नै त्यस्तो भनिसकेपछि हामी पनि संशयमा पर्यौँ ।
प्रदेश नम्बर २ नम्बर प्रदेशको त अहिले केही भन्नै नसक्ने अवस्था छ । कसरी जान्छ, के हुन्छ, अहिले भन्न सक्ने अवस्थै छैन । आज प्रदेशको नोमिनेसन गर्ने भनेका थिए, उनीहरूले क्यान्सिल गरे । तर, यहाँ पनि मैले नराम्रो देख्दिनँ, राम्रै देखिरहेको छु ।
तीन नम्बर प्रदेश मैले त्यति (हिसाब) गरिराखेको छैन । छलफल चाहिँ गरिराखेको छु । ठूला नेताहरू नै यहाँ हुनुहुन्छ । गण्डकी प्रदेशमा हामीले राम्रै गरी जित्यौँ । लुम्बिनी प्रदेश बालकृष्ण खाँडजीकै प्रदेश हो, त्यहाँ पनि हामीले राम्रै गरी जित्यौँ । कर्णाली हाम्रो राम्रो थियो, त्यो हामीले बिगारेको हो ।
सुदूरपश्चिम हाम्रो पहिले पनि राम्रो होइन, जति आउँछ त्यति आओस् भन्ने हो । तर, तेह्रौँ महाधिवेशनभन्दा यसचोटि तुलनात्मक रुपमा राम्रो छ । दार्चुला जितेका छौं । बझाङमा राम्रो भएको छ । बैतडी जितेका छौं । कैलालीबाहेक सबैतिर हाम्रो राम्रै छ ।
४ उम्मेदवारबीच सहमति जुट्ला ?
हामी चार जनाबीचको कुरा तपाईंहरूले सोध्नुभयो । हामी चारजना, (रामचन्द्र, शशांक, प्रकाशमान र म) बीचमा छलफल पर्याप्त भएको छ । यति धेरै छलफल भएको छ कि कहिलेकाहीँ त मलाई दिक्क पनि लाग्छ । साथीहरू आज पनि भेट्नोस्, दिउँसो भेट्नोस्, साँझ पनि भेट्नोस् । यही भेट्दा भेट्दै समय हामीले गुजार्छौँ कि भन्ने पनि चिन्ता छ मलाई ।
यो छलफलमा हामी सुरुमा ७–८ जना सामेल थियौँ । यसमा सिटौलाजी पनि हुनुहुन्थ्यो । रामचन्द्रजी, अर्जुननरसिंहजी, रामशरणजी, सुजाताजी, प्रकाशमानजी हुनुहुन्थ्यो । बिस्तारै सिटौलाजीले चेञ्ज गर्नुभयो । नेपाली काँग्रेसभित्रको अधिवेशन हो, सिटौलाजीसँग अहिले पनि सहकार्य हुन सक्छ । सहकार्य गर्छौँ भन्ने नै छ, गर्ने हो । हामी कुराकानी गर्दैछौँ । तर, उहाँ जसरी गइरहनुभएको छ, उहाँ अलिकति देउवासँगै अघि बढ्दै गएको देखिन्छ ।
हाम्रोबीचमा धेरै छलफल भयो । यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने हामीले राख्यौँ । हाम्रा शुभेच्छुक संस्थाहरू पनि छन्, तिनीहरूले पनि हामी ८ जनालाई बसाइरहन्छन् । कुरा गर्दै जाँदाखेरि साथीहरूले के भन्नुभयो भने एउटा कुनै निचोड त निस्कनुपर्‍यो नि ।
मैले त रामचन्द्रजीलाई स्पष्ट के भनेँ भने तपाईंले फोन गर्नोस् प्रतिनिधिहरूलाई । तपाईं स्ट्रोङ हुनुहुन्छ भने म छोड्न तयार छु । त्यो त गर्नुपर्यो नि । केही न केही त मापदण्ड बनाउनुपर्यो नि । नत्र भने त दुई–तीनवटा उम्मेदवार हुन सक्छन् ।
छलफल हुँदै जाँदा हामी चारजना नछोड्ने भन्नेमा पुग्यौँ । महतजीहरूले पनि नछोड्ने नै हो तर उहाँहरूको कुराकानी सुन्दा बिस्तारै छोड्नुहुन्छ जस्तो लाग्छ अर्जुनजी, सुजाताले पनि । तर, हामी चारजना अहिलेसम्म छोड्ने पक्षमा छैनौं । म पनि छोड्ने पक्षमा छैन । तपाईंहरू ढुक्क हुनोस्, म छोड्ने पक्षमा छैन । तर, मिलाएर त लग्नुपर्‍यो नि । हामी चारजना एकै ठाउँमा उभियौँ भने शेरबहादुरजीलाई एकदम बलियो चुनौती हुन्छ ।
हामी चारजनाको बीचमा जुन कुरा छ, त्यसमा हामी छलफल गरिराखेका छौं । तर, कहीँ पुग्न सक्ने अवस्था म देख्दिनँ । मैले पटक पटक तीनैजना ( रामचन्द्र, शशांक र प्रकाशमान) साथीहरूलाई के भनिराखेको छु भने महाधिवेशन प्रतिनिधिहरूलाई फोन गरौँ । अब एक हप्ता पनि बाँकी छैन । हामीले सातै प्रदेशकासँग भेट्ने भनेका थियौँ, तर त्यो हुन सकेन ।
मैले त रामचन्द्रजीलाई स्पष्ट के भनेँ भने तपाईंले फोन गर्नोस् प्रतिनिधिहरूलाई । तपाईं स्ट्रोङ हुनुहुन्छ भने म छोड्न तयार छु । त्यो त गर्नुपर्यो नि । केही न केही त मापदण्ड बनाउनुपर्यो नि । नत्र भने त दुई–तीनवटा उम्मेदवार हुन सक्छन् ।
अहिले यसो हेर्दाखेरि प्रकाशमानजी उठ्छु नै भनिरहनुभएको छ । म पनि उठ्छु नै भनिराखेको छु । दह्रो गरी नै लागिराखेको छु । म बलियो छु अहिलेसम्म । रामचन्द्रजीलाई सम्झाउने हो, शशांकसँग कुराकानी भइराखेको छ, मलाई सपोर्ट गर्छ भन्नेमा विश्वस्त छु । अहिलेलाई यतिमात्रै भन्छु शशांकका बारेमा । म विश्वस्त छु, कुराकानी गरिराखेको छु ।
अब २४ गते महाधिवेशन उदघाटन छ, त्योभन्दा अघि नै हामीले यसबारे निर्णय गरिसक्नुपर्छ । यो स्थिति भएन भने दोस्रो चरणमा त मिल्नैपर्छ । मलाई के विश्वास छ भने दोस्रो चरणमा म पुग्छु । यसमा मलाई शंका छैन ।
हाम्रो युवाहरूको टिम हुन्छ । समावेशी पनि हुन्छ । समावेशी त हाम्रो विधानले नै भनेको छ । हाम्रा युवा नेताहरूलाई हेर्ने हो भने अब उहाँहरू युवा हैन, प्रौढ भइसक्नुभयो । ३० वर्षदेखि त राजनीति गरिरहनुभएको छ, केको युवा हो ?
शेरबहादुर देउवा आत्तिनुभएको छ
शेरबहादुरजी पनि त्यति ढुक्क भएर अगाडि बढ्न सकिरहनुभएको छैन । उहाँले म जितिहाल्छु भनेर ढुक्क भएर सोच्नुभएको छ जस्तो मलाई लाग्दैन । उहाँ पनि चिन्तित हुनुहुन्छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको निर्वाचनले उहाँलाई झन् झक्झकाएको छ जस्तो लाग्छ मलाई ।
उहाँ देउवा कत्ति आत्तिनुभएको छ भन्ने पनि मैले भन्नुपर्दैन । आफ्नै जिल्ला (डडेलधुरा) मा उहाँले प्रहरी प्रशासन लगाइकन अधिवेशन गराउनुभयो । जिल्ला सभापतिसँग कुनै छलफल छैन । जिल्ला सभापति पनि आउट, उपसभापति पनि आउट । सबैलाई आउट गरिकन उहाँले अधिवेशन गराउनुभयो । उहाँको गुट कति कमजोर छ भन्ने ल्याण्डमार्क त त्यही हो नि ।
अरू घटनाक्रमहरू पनि तपाईंहरूले हेर्नुपर्छ । प्युठानमा ५३० आयो भने जित्ने, ५२९ भोट आइसकेपछि शेरबहादुरजीको गुटले आएर तोडफोड गरिदियो । पुलिसले रबरको गोली चलाउनुपर्‍यो । टियर ग्यास चलाउनुपर्‍यो । हामीले सिडियो र पुलिससित कुरा गर्यौं । ६५ भोट गन्न बाँकी थियो, अनि त्यो भोट काउन्ट भयो ।
रोल्पामा सबै चिज भइसकेको थियो । नतिजा सुनाउने मात्रै काम थियो । सिडियोलाई लगेर उहाँहरूले निर्वाचन अधिकृतलाई समात्नुभयो । यो अवस्था छ । सभापतिजीको आफ्नै जिल्ला र अरू जिल्लाहरूको घटना मैले किन बताएको हो भने यसबाट उहाँले पनि सुरक्षित महसुस गरिरहनुभएको छैन भन्ने देखाउँछ । नत्र त प्रधानमन्त्री, पार्टीको सभापतिजस्तो मान्छेलाई दुई–चारजना महाधिवेशन प्रतिनिधिहरू नआउँदा के फरक पर्छ र । आफ्नो जिल्लामा त उहाँले जे भन्नुहुन्थ्यो, त्यही हुन्थ्यो नि त ।
अनसन बसेका ठाउँमा अर्जुनजी र म गयौँ । तिमीहरू अनसनमा नबस भनेर हामीले सम्झायौँ । मैले भनेँ, निर्वाचन समिति भनेको हाम्रो न्यायाधीश हो, न्यायाधीशले न्याय दिनुपर्‍यो । उहाँहरूले न्याय दिनुभयो । यो त नेपाली काँग्रेसभित्रको घटना हो, घटिरहन्छ, ठिकै छ । दुई–चारवटा भोट घट्ला, बढ्ला । यसले कति ठाउँमा हाम्रो भोट बढायो पनि होला । तर, जसरी गएको छ, यसले शेरबहादुरजी पनि सुरक्षित हुनुहुन्छ भन्ने मचाहिँ देख्दिनँ । सुरक्षित भएको भए यस्ता कार्यहरू गर्नै पर्दैनथ्यो ।
मेरो टिम
हाम्रो युवाहरूको टिम हुन्छ । समावेशी पनि हुन्छ । समावेशी त हाम्रो विधानले नै भनेको छ । हाम्रा युवा नेताहरूलाई हेर्ने हो भने अब उहाँहरू युवा हैन, प्रौढ भइसक्नुभयो । ३० वर्षदेखि त राजनीति गरिरहनुभएको छ, केको युवा हो ?
शेरबहादुरजी, रामचन्द्रजीले धेरै दुःख गर्नुभएको छ, उहाँहरूलाई सम्मानित ठाउँमा पुर्याउने हो हामीले । तर, अब युवाहरूको बेला आयो नि त । त्यसैले युवाहरूको टिम बनाएर हामीले अगाडि जान खोजेका छौँ । गगनजीहरू हुनुहुन्छ । २ नम्बरबाट रामकृष्ण यादवजीहरू हुनुहुन्छ । जीवनजीहरू हुनुहुन्छ । मैले म एकचोटिमात्रै उठेको हुँ भनेको छु, त्यसपछि युवा साथीहरू अघि बढ्नुपर्छ भनेर मैले सुरुदेखि नै भन्दै आएको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने