प्रदेश अधिवेशनमा मतदान नगरेकोप्रति शेखर कोइरालाले मागे क्षमा
सोमबार, २० मङ्सिर २०७८, १४ : ५२

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रदेश १ को अधिवेशनमा मतदान नगरेकोप्रति क्षमा मागेका छन् । शनिबार भएको प्रदेश अधिवेशनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन् । उनीहरू मतदान स्थलमै पुगेको भए पनि मतदान नगरेको पाइएको हो ।
उनीहरुले मतदान नगरेपछि गुरुराज घिमिरे २ मतले प्रदेश सभापतिमा पराजित भएपछि कोइरालाले क्षमा मागेका हुन् ।
‘काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् ।
याे पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
-
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप
-
लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय : सभामुख घिमिरे
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य