शेखरसहितका नेताले मत नहाल्दा सभापतिमा हारे गुरुराज
नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा संस्थान इतर पक्षका चार नेताले मतदान गरेनन् । काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेका हुन् । उनीहरू मतदान स्थलमै पुगेको भए पनि मतदान नगरेको पाइएको हो ।
निर्वाचनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा बाजी मारे । संस्थापन इतर पक्षका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे पराजित हुन पुगे । आफू पक्षीय चार नेताले मत नहालिँदा ८४२ मत पाएका घिमिरेलाई २ मत अपुग भयो ।
कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ । तर काँग्रेस निर्वाचन समितिले मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न नरोक्न बताएको थियो । काँग्रेसको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेशमा चुनाव लडेकाले मात्र केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
शेखर कोइरालाले मागे क्षमा
नेता कोइरालाले प्रदेश १ को अधिवेशनमा मतदान नगरेकोप्रति क्षमा मागेका छन् । ‘काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण