काँग्रेस सुदूरपश्चिम : संस्थापन पक्षका बलायर नेतृत्वको टिम विजयी
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायर विजयी भएका छन् । यसैगरी उपसभापतिमा सोही प्यानलका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने पनि विजयी भएका छन् ।
बलायर नेतृत्वको प्यानल विजयी भएसँगै उनका प्रतिस्पर्धी नारायणदत्त मिश्रले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले मतदातालाई धन्यवाद दिँदै विजयी सबैलाई बधाई दिएका छन् ।
‘नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र विजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, आगामी दिनमा सँगै मिलेर काम गरौंला ।’
यसअघि देउवा नजिक रहेका मिश्रले सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि भने इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका थिए । प्यानलसहित उम्मेदवारी दिएका मिश्र पक्षका सबै पदाधिकारी पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
