काँग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्।
१ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्।
पौडेल पक्षबाट उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । यस्तै महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारेका छन् भने सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
