कर्णाली प्रदेशको सभापतिमा देउवा पक्षका ललितजंग शाही विजयी
नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् ।
यस्तै ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । सभातिका अर्का प्रत्यासी मोतीराज बमले जम्मा ७ मत ल्याए ।
ललितजंगलाई सभापति शेरबहादुर देउवा र भुपेन्द्रजंगलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन थियो । बम काँग्रेस उपसभापति विमलेन्द्र निकट हुन् । कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ।
देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले बाजी मारे । यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण