कमल थापा र राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता, उपाध्यक्षमा ९ जनाको उम्मेदवारी (सूचीसहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका एक सदस्यका अनुसार थापाको प्रस्तावकमा दीपक बोहरा रहेका छन् भने समर्थकमा निरञ्जन थापा रहेका छन् । यस्तै लिङ्देनको प्रस्तावकमा रामानन्द न्यौपाने र समर्थकमा विकास बहादुर महत रहेका छन् ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान गरी ९ जनाको उम्मेदवारी परेको छ ।
यस्तै महामन्त्रीमा डा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ ।
प्यानलसहित चुनावी मैदानमा
राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा थापा र लिङ्देन प्यानलसहित मैदानमा छन् । थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन् । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।
यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।
यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ ।
विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । पदाधिकारीका बाँकी उम्मेदवार भने कसैको प्यानलमा अटाएका छैनन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण