न्यायाधीशहरूले कार्यवाहक तोक्नेबारे निर्णय गर्न सकेनन्
प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज हुने तयारी
बिहीबार, १६ मङ्सिर २०७८, १३ : २७
सर्वोच्च अदालतका न्यायाधीशहरूको बिहीबार बसेको बैठक कार्यवाहक प्रधानन्यायाधीश तोक्नेबारे कुनै पनि निर्णय नगरी सकिएको छ । यसअघि बिहान नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिले न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशलाई कार्यवाहक तोक्न सुझाव दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । ‘प्रधानन्यायाधीशसँग कुराकानी भयो । प्रधानन्यायाधीशज्यू आज नै डिस्चार्ज हुनसक्ने खबर आयो । त्यसैले कार्यवाहक तोक्ने विषयमा कुनै पनि निर्णय हुन सकेन,’ स्रोतले रातोपाटीसँग भन्यो । यसबीच आजको पेसी तोक्दै न्यायाधीशहरू इजलासमा जाने भएका छन् । आज बन्दी प्रत्यक्षीकरण, मिलापत्र र मुद्दा फिर्ताको मुद्दामात्र हेर्ने गरी न्यायाधीशहरू इजलासमा फर्कन लागेका हुन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
