न्यायाधीशहरूले कार्यवाहक तोक्नेबारे निर्णय गर्न सकेनन्
प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज हुने तयारी
बिहीबार, १६ मङ्सिर २०७८, १३ : २७
सर्वोच्च अदालतका न्यायाधीशहरूको बिहीबार बसेको बैठक कार्यवाहक प्रधानन्यायाधीश तोक्नेबारे कुनै पनि निर्णय नगरी सकिएको छ । यसअघि बिहान नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिले न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशलाई कार्यवाहक तोक्न सुझाव दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । ‘प्रधानन्यायाधीशसँग कुराकानी भयो । प्रधानन्यायाधीशज्यू आज नै डिस्चार्ज हुनसक्ने खबर आयो । त्यसैले कार्यवाहक तोक्ने विषयमा कुनै पनि निर्णय हुन सकेन,’ स्रोतले रातोपाटीसँग भन्यो । यसबीच आजको पेसी तोक्दै न्यायाधीशहरू इजलासमा जाने भएका छन् । आज बन्दी प्रत्यक्षीकरण, मिलापत्र र मुद्दा फिर्ताको मुद्दामात्र हेर्ने गरी न्यायाधीशहरू इजलासमा फर्कन लागेका हुन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार