न्यायाधीशलाई बारको प्रश्न : कार्यवाहक प्रधानन्याधीश को ?
सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशले कार्यवाहक तोक्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना सङ्क्रमित बनेर अस्पताल भर्ना भएपछि न्यायालय प्रधानन्यायाधीशविहीन बनेको भन्दै एसोसिएसनले कार्यवाहक तोक्न माग गरेको हो । कार्यवाहक टुङ्गो नलाग्दा अझै कजलिस्ट प्रकाशन हुन सकेको छैन ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘न्यायालय प्रधानन्यायाधीशविहीन बनेको छ । कार्यवाहक प्रधानन्यायाधीश को हो ? सर्वोच्च प्रशासन र अन्य न्यायाधीशहरूले जानकारी दिनुपर्छ ।’ उनले दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनुपर्ने पनि बताए । ‘संविधानले त्यही व्यवस्था गरेको छ । हामीले त्यही गर्नुहोस् भनेका छौँ ।’
यही विषयमा अन्योल देखिएपछि सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिबीचबीच बिहीबार छलफल भएको थियो । छलफलबारे जानकारी दिँदै शाक्यले कार्यवाहक प्रधानन्यायाधीशको टुङ्गो नलगाएसम्म इजलासमा नबस्न आफूहरूले आग्रह गरेको बताए । यसबारे न्यायाधीशहरूले छलफल गरेर निर्णय लिने जानकारी गराएको पनि बताए । ‘तपाईंहरूको एजेन्डासँग हाम्रो असहमति छैन भन्ने जवाफ न्यायाधीशहरूले दिनुभयो,’ उनले भने, ‘इजलासमा बस्न दिन र सहयोग गर्न वहाँहरूको आग्रह थियो ।’
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ४–४ दिनसम्म अस्पतालमा बस्दा पनि प्रधानन्यायाधीशले अस्पतालबाटै पेसी तोक्ने र कसैलाई कार्यवाहक नदिने कुरा गैर संवैधानिक भएको बताए । ‘हामीलाई सुतेर बस्ने प्रधानन्यायाधीश चाहिएको होइन । यदि उहाँ सक्षम हुँदाहुँदै राजीनामा छल्न अस्पताल जानुभएको हो भने त्योजस्तो लज्जास्पद कुरा केही हुँदैन,’ उनले भने, ‘अब जबराको ठाउँमा वरिष्ठतम न्यायाधीशले कामु चलाएर न्यायपालिकालाई नेतृत्व दिनुपर्छ ।’ बारसँगको छलफलपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
