शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुढानिलकण्ठबाट ४४ लिटर रक्तचन्दनको तेलसहित २ जना पक्राउ

बुधबार, १५ मङ्सिर २०७८, २० : ४९
बुधबार, १५ मङ्सिर २०७८

बुढानिलण्ठ नगरपालिका–५ स्थित पञ्चकन्या मन्दिर नजिकैबाट प्रहरीले रक्त चन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २७ वर्षीय रामकुमार खत्री र पोखरा घर भएका ४० वर्षीय गंगाबहादुर पुन छन् ।
उनीहरुलाई ४४ लिटर प्रतिबन्धित रक्तचन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । भारतबाट नेपालगञ्जको बाटो हुँदै उनीहरुले रक्तचन्दनको तेल काठमाडौंमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो तेल चिनमा महङ्गोमा बिक्री हुने आश्वासन देखाएर उनीहरुले बेच्न खोजेका थिए ।

सादा पोसाकमा खटिएका प्रहरीलाई प्रतिलिटर ३ लाखमा बेच्नेगरी डिल मिलेपछि उनीहरु पक्राउ परेका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाइने एसएसपी खापुङले बताए ।

महाशाखाले मंसिर १० मा पनि तिलगंगाबाट ३३ लिटर रक्तचनन्दनको तेल सहित १० जनालाई पक्राउ गरेको थियो । त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंले पनि मंसिर १४ मा ४ लिटर रक्त चन्दनको तेल सहित सिन्धुपाल्चोकका छिरिङ शेर्पालाई पक्राउ गरेको थियो । यसअघि काठ र धुलो बनाएर चीनतर्फ रक्तचन्दन तस्करी हुने गरेको थियो । अहिले तेल बनाएर तस्करी हुन थालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप