तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ
काठमाडौंको तिलगंगाबाट प्रहरीले रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ १० जनालाई ३३ लिटर रक्त चन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका काठमाडौं बानियाटार बस्ने ५० वर्षीय हेम कुमार श्रेष्ठ, मकवानपुर घर भएका ललितपुर सानुगाउँ बस्ने ३९ वर्षीय नबीन भनिने मंगल सिंह लो, काठमाडौं टोखाका ३७ वर्षीय ईक्रम श्रेष्ठ, काभ्रे घर भई महाराजगंज बस्ने २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं तिलगंगाका ५१ वर्षीय मदन पोडे, खोटाङ हलेसी घर भएका चावहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदिप थडराई, छाउनीका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही स्थानका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ छन् ।

रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको एसपी पंगेनीले बताए । उनका अनुसार एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुन्छ । रक्तचन्दन नेपालबाट चीनतर्फ तस्करी हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण