सिंहदरबारमा गोली चलेको घटनामा पिएसओलाई कारवाही
बुधबार, १५ मङ्सिर २०७८, २० : २१
सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ । प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ । छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
कार्तिक १० मा सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किएको थियो । तर, गोली चल्दा कुनै क्षति हुन पाएन । छानविनबाट ‘मिस ह्याण्डलिङ’ हुँदा गोली चलेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने