शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकेन्द्रबहादुरले भने– सीपीजी राप्रपामा आउनुहुन्छ भने हामी स्वागत गर्छौँ

बुधबार, १५ मङ्सिर २०७८, १४ : १४
बुधबार, १५ मङ्सिर २०७८

पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले माले महासचिव सीपी मैनाली राप्रपामा आए आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले मैनाली राप्रपाको अध्यक्ष हुन खोजेको हो कि भन्ने कटाक्ष गरेपछि चन्दले पनि मैनाली पार्टीमा आए स्वागत गर्न तयार रहेको बताएका हुन् । 

उनले सीपी मैनालीले सम्बोधनका क्रममा बोलेको कुरालाई समर्थन गर्दै देशमा बाह्य हस्तक्षेप रहेको भनाइ साँचो रहेको बताए । उनले अहिले भएको परिवर्तन सही नभएको भन्दै अन्यायले न्यालाई दवाएको बताए ।  मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको बताएका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप