राप्रपाको कार्यक्रममा प्रचण्डले भने–राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई बधाई !
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् । राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले आफू अघि बोल्ने मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष गर्न पनि भ्याए ।
सीपी मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंशा गरेका थिए भने प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएका थिए ।
‘तपाईँहरूको र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रियभावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँहामी उस्तैउस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरुको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’
उनले आफू धर्मनिरपेक्षवादी भएको र राष्ट्रवादी भएको स्पष्ट गरे । उनले विचारमा मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै संस्कृति र परम्पराको बीचमा निरन्तर बहस हुँदै बहस र मतमतान्तरणको बीचबाट समाजको रुपान्तरण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण