मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

अत्यधिक मतले जित्छु, निर्मलनिवासले नखेलोस् : कमल थापा

‘यसैपटक विश्राम गर्न सक्ने थिएँ, तर गम्भीर परिस्थिति आयो’
बुधबार, १५ मङ्सिर २०७८, १३ : ००
बुधबार, १५ मङ्सिर २०७८

चितवनमा हिजोदेखि नेकपा एमालेको महाधिवेशन सकियो । काठमाडौंमा आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ । एमालेमा भीम रावलले केपी ओलीसँग चुनाव लडेजस्तै राप्रपामा अध्यक्ष कमल थापालाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् । तर, लिङ्देनको अवस्था एमाले नेता रावलको जस्तो कमजोर छैन । थापा र लिङ्देनबीच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

राप्रपाको महाधिवेशन हुँदै गर्दा नेतृत्वको विषयमा जति अन्तरविरोध चर्किएको छ, पार्टीको राजनीतिक लाइन र कार्यदिशाका सन्दर्भमा चाहिँ खासै विवाद भएको पाइँदैन । आखिर, कमल थापा र राजेन्द्र लिङ्देनबीच राजनीतिक एजेण्डामा पनि केही भिन्नता छ कि ? यही राजनीतिक प्रश्न बोकेर हामी धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा पुग्यौं ।

तपाईं र राजेन्द्र लिङ्देनबीच राजनीतिक लाइनमा के फरक छ ? राप्रपा अध्यक्ष थापालाई प्रश्न गर्दा उनले भने, ‘मलाई लाग्छ, विचारमा कुनै भिन्नता छैन । हामीले जुन विचारलाई लिएर अगाडि बढिराखेका छौं, त्यो विचारमा पनि कसैको निष्ठामा म शंका गर्न चाहन्नँ । तर, भविष्यमा पार्टीको कार्यनीतिका बारेमा भने केही भिन्नता हुन सक्छ ।’

आफूले अहिले नै नेतृत्व हस्तान्तरणका लागि सोचिराखेको तर अचानक पार्टीभित्र चलखेल र षडयन्त्र हुन थालेपछि एजेण्डालाई बचाउन एकचोटि फेरि अध्यक्षको उम्मेदवार बन्नुपरेको थापाले प्रष्ट्याए । साथै, आफूले अत्यधिक बहुमत ल्याएर अध्यक्ष पदमा जित हात पार्ने थापाले दाबीसमेत गरे । उनले भने, ‘यो महाधिवेशनबाट म अत्यधिक बहुमतले निर्वाचित हुन्छु भन्ने कुरामा कुनै शंका छैन ।’

राप्रपाको फुटमा विगतमा निर्मलनिवास (पूर्वराजा) बाट चलखेल हुने गरेको तीतो अनुभवसमेत स्वीकार्दै राप्रपा अध्यक्ष थापाले अहिले पार्टीभित्र देखिएको विवादमा कसैले पनि राजसंस्थालाई मुछ्न नहुने बताए । उनले भने, ‘राजसंस्थाबाट यदि पार्टीको आन्तरिक प्रतिस्पर्धामा दख्खल दिने र पक्ष–विपक्षमा बाँडिने कुनै पनि संकेतहरू देखियो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’

राजेन्द्र लिङ्देन पक्षसँग अध्यक्ष थापाका केही गुनासो पनि रहेछ । थापाले प्रश्न गरे, ‘चार महिना अघिसम्म कमल थापा अपरिहार्य छ, उहाँको चरित्र हत्या गर्ने योजनावद्ध प्रयास भएको छ, हामी उहाँको रक्षा गर्छौं भनेर कसम खानेहरू चार महिना पछाडि किन मेरो विरुद्धमा जेहाद छेडिराखेका छन् ?’

उनले थपे, ‘यसबाट अनेक किसिमका आशंका पैदा भएको छ । यो आशंका गलत प्रमाणित होस् र इमान्दारिता भोलिका दिनमा प्रमाणित होस्, मेरो त्यही नै चाहना रहन्छ ।’

प्रस्तुत छ, राप्रपा महाधिवेशनको सन्दर्भमा केन्द्रित रहेर राप्रपा अध्यक्ष कमल थापासँग रातोपाटीले गरेको कुराकानी–

राप्रपाको महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । तपाईंसँग अध्यक्षमा राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । महामन्त्री भइसकेका धवलशमशेर जबराले लिङ्देनलाई नै समर्थन गर्नुभएको छ । अध्यक्ष मध्येका एक डा. प्रकाशचन्द्र लोहनीले पनि लिङ्देनलाई नै समर्थन गर्ने घोषणा गरिसक्नुभयो । अब तपाईं राप्रपाको अध्यक्षमा हार्ने स्थिति आएको हो ?

अब हेर्नोस्, मैले जुन एजेण्डा बोकेर हिँडेको छु, हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र र सुदृढ स्थानीय स्वायत्त शासनको एजेण्डा बलियो हुन्छ भने म पराजित हुन पनि तयार छु । तर, अहिले पार्टीभित्र त्यस्तो धरातलीय यथार्थ छैन ।  देशभरिका पार्टीका कार्यकर्ताहरूले विगत झण्डै डेढ दशकदेखि मैले निरन्तर गर्दै आएको संघर्ष पार्टी स्थापनाकालदेखि ३० वर्षसम्म मैले पुर्याएको योगदानका बारेमा जानकार छन् । मलाई लाग्छ, अहिले पनि पार्टीका साथीहरूले मप्रति जुन किसिमको स्नेह, सद्भाव देखाएका छन्, त्यस आधारमा यो महाधिवेशनबाट म अत्यधिक बहुमतले निर्वाचित हुन्छु भन्ने कुरामा कुनै शंका छैन ।

राप्रपाभित्र अहिले राजेन्द्र लिङ्देन र तपाईंबीच नेतृत्वको मात्रै विवाद हो कि पार्टीको लाइन, कार्यदिशा, कार्यनीतिका सम्बन्धमा पनि अन्तरविरोध देखापरेको हो ?

मलाई लाग्छ, विचारमा कुनै भिन्नता छैन । हामीले जुन विचारलाई लिएर अगाडि बढिराखेका छौँ, त्यो विचारमा पनि कसैको निष्ठामा म शंका गर्न चाहन्नँ । तर, भविष्यमा पार्टीको कार्यनीतिका बारेमा भने केही भिन्नता हुन सक्छ । तर, वैचारिकरुपमा त्यस्तो कुनै भिन्नता छैन ।

तर, लिङ्देन पक्षको मागचाहिँ अब बूढाहरूले छाडेर युवालाई नेतृत्व दिनुपर्छ, अनिमात्र राप्रपा फस्टाउँछ भन्ने छ नि ?

वास्तवमा के हो भने उहाँहरूलाई जिम्मा नदिइएको हैन । भण्डै १०–१२ वर्षदेखि राजेन्द्र लिङ्देन र धवल शमशेरलाई मैले पार्टीको नेतृत्वमा राखेर काम गरेको छु । पार्टीको महामन्त्री, उपाध्यक्ष, संगठन विभागको जिम्मेवारी उहाँहरूलाई दिएको थिएँ । उहाँहरूले जिम्मेवारीविहीन भयौं, अथवा हामीले काम गर्ने ठाउँ पाएनौं भन्ने कुरै छैन । आगामी दिनमा पनि त्यसको सम्भावना जीवित नै छ । अब जहाँसम्म अध्यक्ष एउटा पदको कुरा छ, अब त्यो अध्यक्ष पदमा अहिले नै मैले पलायन भएर जानुपर्ने आवश्यकता देखेको छैन ।

संविधान जारी भैैसकेपछि अब संवैधानिक बाटोबाट आफ्नो मान्यता स्थापित गर्नुपर्ने हुँदा पार्टी बलियो बनाउने हाम्रो योजना भयो । त्यही योजना अनुसार हामीले पार्टी एकीकरण गर्यौं । तर, दुर्भाग्यवस त्यो एकतालाई चार महिनासम्म पनि कायम राख्न सकेनौं । तीन टुक्रामा पार्टी विभाजित भयो, जसको कारणले गर्दाखेरि त्यसपछि भएको चुनावमा हामीले अत्यन्तै निराशाजनक परिणाम भोग्नुपर्यो । पार्टी कमजोर हुँदै गयो ।

वास्तवमा ०६२–०६३ को परिवर्तनपछि अत्यन्तै प्रतिकुल परिस्थितिमा हामीले हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र र स्थानीय स्वायत्त शासनको एजेण्डा बोकेर हिँड्यौं । देश गणतन्त्रमय भएको अवस्थामा यी एजेण्डाहरू बोकेर जनताको माझमा जाँदा हामीमाथि पटक–पटक सांघातिक रुपमा आक्रमण भयो । सामाजिक रुपमा हामीलाई बहिस्कार गरियो । राजनीतिक रुपमा निषेध गरियो र हामीसँगै काम गरेका कैयौं अग्रजहरू परिवर्तन र जनताको चाहनालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राखेर  नदीको प्रवाहसँगै बगेर जानुभो । त्यो अवस्थामा एउटा वैकल्पिक वैचारिक धार र कठिन संघर्षका साथ हामीले पार्टीलाई अगाडि बढाउँदै गयौं ।

दोस्रो संविधानसभाको निर्वाचनपछि काँग्रेस र कम्युनिस्टपछिको तेस्रो ठूलो शक्ति बनाउन हामी सफल भयौं ।  २५ जनामात्रै सांसद भएको हुनाले हामीले एजेण्डा स्थापित गर्न सकेनौं । तर, त्यही २५ जनाको बलमा हामीले पहिलो संसिवधानसभाको मस्यौदामा धर्म निरपेक्षता, गणतन्त्र र संघीयतालाई अपरिवर्तनीय लेखिएकोमा हाम्रो उपस्थितिका कारणले गर्दाखेरि ती सबै विषयहरू परिवर्तनीय भए । र, हामीले संवैधानिकरुपमा नै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रसंघीयताको विपक्षमा आवाज उठाउनु मात्रै होइन, त्यो लक्ष प्राप्तिका निम्ति राजनीतिक दल खोलेर जनतामा जाने र जनताको अभिमत पाएर स्थापित गर्न सक्ने अधिकार सुनिश्चित गर्यौं ।

संविधान जारी भैैसकेपछि अब संवैधानिक बाटोबाट आफ्नो मान्यता स्थापित गर्नुपर्ने हुँदा पार्टी बलियो बनाउने हाम्रो योजना भयो । त्यही योजना अनुसार हामीले पार्टी एकीकरण गर्यौं । तर, दुर्भाग्यवस त्यो एकतालाई चार महिनासम्म पनि कायम राख्न सकेनौं । तीन टुक्रामा पार्टी विभाजित भयो, जसको कारणले गर्दाखेरि त्यसपछि भएको चुनावमा हामीले अत्यन्तै निराशाजनक परिणाम भोग्नुपर्यो । पार्टी कमजोर हुँदै गयो ।

वास्तवमा म सबै कुरा अनुकूल भएको भए शायद यसैपटक पनि म विश्राम गर्न सक्ने थिएँ । म दुविधामा थिएँ । तर, अहिले जुन किसिमबाट परिस्थिति अगाडि बढ्यो, पार्टी र पार्टीले अवलम्वन गरेको विचारको अस्थित्वमाथि नै प्रश्न चिन्ह खडा हुने हो कि भन्ने देखियो ।

तर, मैले फेरि पनि पार्टीलाई ठूलो र बलियो बनाउनका निमित्त एकता अपरिहार्य छ भनेर निरन्तर प्रयास गरें । त्यसको निमित्त मैले त्याग पनि गरें । दुईवटा पार्टी मिल्दाखेरि तीनवटा अध्यक्षको व्यवस्था पनि स्वीकार गरें । हिन्दु राष्ट्रको एजेण्डा बोकेको पार्टीका निमित्त गाई चुनाव चिन्ह उपयुक्त हुन्थ्यो । तर, पार्टी एकताका निमित्त हलोलाई पनि हामीले स्वीकार गर्यौं । र, मलाई यो भन्दाखेरि खुशी लागेको छ कि मेरो आफ्नै कार्यकालमा तीन टुक्रा भएको पार्टीलाई फेरि एकतावद्ध गरेर एकता महाधिवेशनसम्म ल्याउन म सक्षम भएँ ।

हिजो पार्टी एकीकरण गर्दाखेरि मेरा केही परिकल्पना र केही योजनाहरू थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको अग्रणी राष्ट्रवादी शक्ति बनाउने । पार्टीले उठाएका एजेण्डाहरू स्थापित गर्ने र मुलुकमा विकसित हुँदै गएको एउटा अस्थिर र अराजकतापूर्ण अवस्थामा राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ तुल्याउँदै मुलुकको आर्थिक समृद्धिको लक्ष हासिल गर्ने । यी मेरा परिकल्पना थिए । यी अधुरो र बाँकी रहेका छन् कार्यान्वयन गर्नका निमित्त । एकीकृत पार्टी बनाएर यी अधुरा कामहरू पूरा गर्ने मेरो सपना हो । यही सपना बोकेर मैले अहिले पार्टीको अध्यक्षमा उम्मेदवारी दिएको हुँ । महाधिवेशनले मलाई विश्वास गर्यो भने आगामी दिनमा यो दिशातर्फ म अग्रसर रहन्छु ।

तपाईं कहिलेसम्म अध्यक्ष भइरहने ? अब एक कार्यकाल मात्रै कि ?

वास्तवमा म सबै कुरा अनुकूल भएको भए शायद यसैपटक पनि म विश्राम गर्न सक्ने थिएँ । म दुविधामा थिएँ । तर, अहिले जुन किसिमबाट परिस्थिति अगाडि बढ्यो, पार्टी र पार्टीले अवलम्वन गरेको विचारको अस्थित्वमाथि नै प्रश्न चिन्ह खडा हुने हो कि भन्ने देखियो । जुन एजेण्डा स्थापित गर्नका निमित्त हामीले रगत पसिना बगाएका थियौं, त्यो एजेण्डालाई विस्थापित गर्ने, कमजोर बनाउने र संकटमा पार्न सक्ने खतरा देखिएका बेलामा मैले पलायन हुन मिल्दैन । यसो गर्दा मेरो आफ्नै पनि विरासत सधैंका लागि समाप्त हुन्छ । त्यसैले यो बिरासतको रक्षाका निमित्त पनि म अगाडि आउनुपर्छ भनेर म यसपटक अध्यक्षको उम्मेदवार भएको छु । यसपछिको बारेमा मैले कुनै सोचाइ राखेकै छैन ।

त्यसपछि नेतृत्व अरुलाई हस्तान्तरण गर्न तयार हुनुहुन्छ ?

विल्कुल सकिन्छ, भोलि यो जिम्मेवारी लिएर इमान्दारिपूर्वक काम गर्ने पंक्ति तयार भयो भने । कसैबाट उचालिएको आधारमा हैन । कसैबाट उकासिएको आधारमा हैन । यहीँभित्रबाट विकसित भएको एउटा भरपर्दो नेतृत्व तयार भयो भने म जुनसुकै बेला पनि नेतृत्व हस्तान्तरण गर्न तयार छु । पार्टीको नेता भएर, अभिभावक भएर भूमिका खेल्नका निमित्त तयार छु । तर, अरुले उचालेको आधारमा आउने नेतृत्वबाट हामी जहिले पनि सतर्क रहनुपर्छ ।

अहिले हामीले सर्वसम्मत उम्मेदवारी दिन नसके पनि तीन अध्यक्षमध्ये म एकजना अध्यक्षको उम्मेदवार छु । र, अरु केही साथीहरूले आकांक्षा राख्नुभएको छ । भोलि महाधिवेशन सुरु भइसकेपछि अरु पनि उम्मेदवारहरू आउन सक्नुहुन्छ । सकेसम्म हामी सर्वसम्मति गर्ने प्रयास गर्छौं । यो एकताको महाधिवेशन हो ।

यसमा म के पनि जोड्न चाहन्छु भने चार महिनासम्म कमल थापा अपरिहार्य छ, हामीले अझै बेला भएको छैन, कमल थापाले जुन विचार बोकेको छ, त्यो विचारलाई निरन्तरता दिन अहिले पनि उहाँको नेतृत्वको आवश्यकता छ, उहाँमाथि अनेक किसिमका आरोप प्रत्यारोप लागेका छन्, उहाँको चरित्र हत्या गर्ने योजनावद्ध प्रयास भएको छ, उहाँको हामी रक्षा गर्छौं भनेर कसम खानेहरू चार महिना पछाडि किन मेरो विरुद्धमा जेहाद छेडिराखेका छन् ? यसबाट अनेक किसिमका आशंका पैदा भएको छ । यो आशंका गलत प्रमाणित होस् र इमान्दारिता भोलिका दिनमा प्रमाणित होस्, मेरो त्यही नै चाहना रहन्छ ।            

राप्रपाको महाधिवेशन हुँदैछ । यसक्रममा नेतृत्वलाई लिएर पार्टीमा दुई धार देखापरेको छ । यसलाई पार्टी विभाजनको संकेतका रुपमा हेर्न मिल्छ ?

मिल्दैन । वास्तवमा राप्रपामा लामो श्रृंखला छ । प्रायः हरेक महाधिवेशनपछि पार्टी फुटेको तीतो अनुभव छ । त्यसैले अहिले पनि पार्टीका सहयोगी, सुभचिन्तक र कार्यकर्ताहरूमा महाधिवशेन पछि पार्टी फेरि विभाजनतर्फ जाने हो कि भन्ने ठूलो चिन्ता छ । यही चिन्तालाई दृष्टिगत गर्दै हामी तीन अध्यक्षहरू, म पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले भविश्यमा पार्टीलाई कहिल्यै पनि फुट्न नदिने र एकतावद्ध राख्ने सामुहिकरुपमा प्रतिवद्धता व्यक्त गरेका छौं । त्यसर्थ मलाई लाग्छ, अहिले पार्टी विभाजित हुने सम्भावना शून्य बराबर छ ।

अहिले हामीले सर्वसम्मत उम्मेदवारी दिन नसके पनि तीन अध्यक्षमध्ये म एकजना अध्यक्षको उम्मेदवार छु । र, अरु केही साथीहरूले आकांक्षा राख्नुभएको छ । भोलि महाधिवेशन सुरु भइसकेपछि अरु पनि उम्मेदवारहरू आउन सक्नुहुन्छ । सकेसम्म हामी सर्वसम्मति गर्ने प्रयास गर्छौं । यो एकताको महाधिवेशन हो । त्यसकारण एकताको सन्देश दिनुपर्छ भन्ने हामी प्रयास गर्छौं । केही युवा साथीहरूले नेतृत्व लिने चाहना गर्नुभएको छ, उहाँहरूलाई चार वर्ष धैर्य गर्नका निमित्त हामी प्रयास गर्छौं । त्यति पनि भएन भने स्वाभाविकरुपले राप्रपा एउटा प्रजातान्त्रिक पार्टी भएको हुनाले प्रजातान्त्रिक अभ्यासबाट हामी नेतृत्वको चयन गर्छौं र त्यसपछि पनि पार्टीलाई एकतावद्ध राख्छौं र यसमा म सफल हुन्छु भन्ने लाग्छ ।

तपाईंले जित्नुभयो भने विपक्षमा उत्रिएका राजेन्द्र लिङ्देन पक्षहरू नेतालाई समेट्न तयार हुनुहुन्छ त ?

समेटेर जाने । सबभन्दा पहिलो कुरो त अहिले पनि पार्टीका संस्थापन अध्यक्ष लोकेन्द्रबहादुर चन्द क्रियाशील हुनुहुन्छ । पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको उम्मेदवार नभए पनि  उहाँहरूले पार्टीलाई अझ धेरै योगदान पुर्याउन सक्नुहुन्छ । उहाँहरूलाई यथोचित सम्मान र यथोचित भूमिका प्रदान गर्दै विना कुनै आग्रह–पूर्वाग्रह सबैलाई समेटेर जाने मेरो नीति रहन्छ र अहिले प्रतिस्पर्धा गर्ने, नगर्ने सबै भोलि एउटै टीम भएर हामी काम गर्छौं ।

काँग्रेस र एमालेभित्र जसरी गुटबन्दी देखिएको छ, अब राप्रपामा पनि त्यही रोग सल्किएको हो ?

वास्तवमा यो बडो गम्भीर अवस्था अहिले पार्टीमा सुरु भएको छ । हाम्रो पार्टीमा यो ३० वर्षको इतिहासमा महाधिवेशन अगाडि नै उम्मदेवारी घोषणा गरेर गुटबन्दी गर्ने, प्रचार–प्रसार गर्ने परम्परा थिएन । अब युवा पुस्ताका साथीहरूले त्यो परम्पराको सुरुवात गर्दिनुभो र मैले पनि बाध्य भएर आफ्नो उम्मदेवारी घोषणा गर्नुपर्यो ।

बाह्य शक्तिहरूको चलखेल र प्रभावलाई हामीले दोष दिएर यो कमजोरीबाट उन्मिुक्त पाउँदैनौं ।

त्यतिमात्रै होइन, मलाई चिन्ता के छ भने अहिले हाम्रो पार्टीभित्र काँग्रेस र एमालेमा जस्तै गुटबन्दी, पार्टीमा आन्तरिक प्रतिस्पर्धामा पैसाको चलखेल विभिन्न शक्तिहरूको चलखेल देखिन थालेको छ । यो विकृति हो । मैले पार्टीका साथीहरूलाई बारम्बार भन्दै आइराखेको छु कि काँग्रेस र एमाले पनि यस्ता विकृतिहरूबाट पीडित रहेका छन् । उनीहरू दुबै पार्टीको लामो इतिहास छ, यस्ता विकृतिहरूलाई पचाउन सक्ने क्षमता पनि उनीहरूसँग छ । तर, हाम्रो पार्टीको ३० वर्षको लामो इतिहास भए पनि अत्यन्तै ‘फ्रजायल’ अवस्थामा हामी छौं । यस्तो विकृति र विसंगतिहरूलाई हामीले धान्न सक्दैनौं ।

त्यसकारणले गर्दाखेरि यी विकृति र विसंगतिहरू पार्टीभित्र प्रवेश हुनु शुभसंकेत होइन । र, यो महाधिवेशन सकिएपछि त्यस्ता प्रवृत्तिहरूलाई निरुत्साहित गर्दै कसैले पनि आफ्नो स्वाभिमान र आफ्नो चाहना परिपूर्तिका लागि गुटबन्दी गर्नु नपर्ने अवस्था म सिर्जना गर्छु ।

राप्रपामा बेलाबखत आउने यस्ता विवाद र फुटहरूमा नेतृत्वको असक्षमताले काम गरेको छ या बाहिरी तत्त्वहरूको चलखेलले ?

बाह्य शक्तिहरूको चलखेल र प्रभावलाई हामीले दोष दिएर यो कमजोरीबाट उन्मिुक्त पाउँदैनौं । स्वाभाविकरुपले नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने एउटै मात्र प्रमुख पार्टी राप्रपा हो, जसको देशभरि संगठन छ । ठूलो जनाधार छ । गएको चुनावमा हामीले हारेको भएता पनि देशको सम्पूर्ण ६ हजार ७ सय ४३ वटै वडामा उपस्थिति भएको काँग्रेस र एमालेपछि राप्रपा नै हो । यो पार्टी बलियो नहोस्, यो पार्टीले लिएको एजेण्डा कमजोर हुँदै जाओस् भन्ने चाहना राख्नेहरूले स्वाभाविकरुपले खेल्ने प्रयास गर्छन् । यसलाई निषेध गर्ने र त्यसबाट पार्टीमा प्रभाव नपरोस् भन्नेतर्फ हशामी जहिल्यै पनि सतर्क रहनुपर्दछ । त्यसैले, म अरुलाई दोष दिन चाहन्नँ । हाम्रा पनि केही कमी कमजोरीहरू छन् । ती कमी कमजोरीहरूलाई सच्याएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

अब देशमा चुनाव आउन लागेको छ । ०७४ को चुनावमा राप्रपाको उपस्थिति कमजोर रह्यो । अब पार्टीभित्र देखिएको यो विवादले आगामी चुनावलाई पनि असर गर्छ होला नि ? यहाँले अध्यक्षमा जित्नुभयो भने चुनावमा राप्रपालाई स्वतन्त्र शक्तिका रुपमा अगाडि बढाउनुहुन्छ या माओवादीले जस्तै काँग्रेस वा एमालेतिर टाँस्सिने नीति लिनुहुन्छ ? ०७४ को चुनावमा जस्तै राप्रपालाई परनिर्भर बन्ने स्थितिबाट कसरी जोगाउनुहुन्छ ?

पहिलो कुरो त यो महाधिवेशन सकिनेवित्तिकै अहिले पार्टीभित्र देखिएको विवाद र तिक्ततालाई अन्त्य गर्ने मेरो प्रयास हुने छ र पार्टीलाई एकतावद्ध ढंगबाट म अगाडि बढाउँछु ।

दोस्रो, अब स्थानीय चुनाव र संसदीय चुनावमा पार्टीलाई सफलता दिलाउनु अनिवार्य हुन गएको छ । गत चुनावमा हाम्रा केही कमी कमजोरीहरू भए । पार्टी विभाजन प्रमुख कारण हो । त्यसबाहेक अरु कारणहरू पनि छन् । अब पार्टी एक भइसकेको अवस्थामा ती कमी कमजोरीहरूलाई सच्याएर निर्वाचनमा पार्टीलाई सफलता दिलाउनेतर्फ म केन्द्रित रहनेछु ।  म मेचीदेखि महाकालीसम्म प्रत्येक जिल्लामा पुगेर संगठन सुदृढ तुल्याउने र जनतालाई जागरुक तुल्याउने काम गर्छु ।

तर, एमालेसँग हामीले एक ठाउँ (झापा) मा सहकार्य गर्यौं, त्यहाँ चुनाव जित्यौं । अब भविष्यमा फेरि यस्तै किसिमको प्रवृत्ति पुनरावृत्ति नहोस् भन्नेतर्फ हामी सजग रहन्छौं ।

जहाँसम्म अन्य राजनीतिक दलहरूसँग तालमेल र सहकार्यको प्रश्न छ, हाम्रो पार्टीको अन्य पार्टीहरू भन्दा फरक विचार छ । त्यसैले सैद्धान्तिक एकता र सहकार्यको सम्भावना म तत्काल देख्दिनँ । तर, चुनाव जित्नको निमित्त अन्य राजनीतिक दलहरूसँग लेनदेन र सहकार्यको ढोका हिजो पनि खुल्ला थियो र आज पनि खुल्ला छ । यस क्रमका सबै पार्टीहरूसँग हाम्रो सौहाद्रपूर्ण सम्बन्ध छ । अब जुन पार्टीसँग मिलेर जाँदा हामीलाई सहज हुन्छ, बढी सीट ल्याउन सक्छौं, त्यही पार्टीसँग मिलेर जाने हो ।

मानिसहरूको अनुमान के छ भने केपी ओली नेतृत्वको नेकपा एमालेसँगै तपाईंहरूको अलि बढी सहकार्यको सम्भावना देखिन्छ । अहिलेको सत्तारुढ गठबन्धनसँग चाहिँ तपाईंहरूको सम्बन्ध त्यति सुमधुर छैन भन्छन् नि ? तथापि, झापालाई छाडेर भन्नुपर्दा ०७४ को चुनावमा काठमाडौं र चितवनमा राप्रपाले काँग्रेससँग सहकार्य गरेको थियो, अब के हुन्छ ?

गएको चुनावले हामीलाई केही अनुभव दिएको छ । हामीले नेपाली काँग्रेससँग चुनावी तालमेल गर्यौं । तर, त्यसमा स्थानीय तहमा इमान्दारिता भएन । जसको कारणले गर्दाखेरि हामीले सबै ठाउँमा हार्यौं । म आफैं पनि त्यसको पीडित व्यक्ति हुँ ।

हामीले परिकल्पना गरेको राजा भनेको राप्रपाको मात्र होइन, अन्य राजनीतिक दल र सिंगो नेपालीहरूको साझा संस्थाको परिकल्पना गरेका हौं । चुनावी राजनीति भन्दा माथि उठेको एउटा साझा र अभिभावकीय संस्थाको हामीले परिकल्पना गरेका हौं । त्यस्तो परिकल्पना गरिएको संस्थाबाट यदि पार्टीको आन्तरिक प्रतिस्पर्धामा दक्खल दिने र पक्ष–विपक्षमा बाँडिने कुनै पनि संकेतहरू देखियो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।

तर, एमालेसँग हामीले एक ठाउँ (झापा) मा सहकार्य गर्यौं, त्यहाँ चुनाव जित्यौं । अब भविश्यमा फेरि यस्तै किसिमको प्रवृत्ति पुनरावृत्ति नहोस् भन्नेतर्फ हामी सजग रहन्छौं । सहकार्यका निमित्त हामी सबै पार्टीसँग वार्ता गर्छौं, ढोका खुल्ला राखेर हिँड्छौं । तर, इमान्दारिता र विश्वासको प्रश्न छ । हामीले जित्नुचाहिँ पर्यो । यसमा विगतको अनुभवले हामीलाई केही पाठ सिकाएको छ ।

राप्रपा फुटाउन यसअघि ‘दरबार’ले भूमिका खेल्ने गरेको आरोप लाग्ने गरेको थियो । अहिलेको विवादमा पनि निर्मल निवासको केही भूमिका छ कि ?

यदाकदा केही गाइँगुइँहरू सुनिएको छ । अब केही उम्मेवारहरूले राजा (पूर्वराजा ज्ञानेन्द्र) को तस्बिर र आफ्नो तस्बिर सँगै राखेर प्रचार गरेको पनि देखियो । र, केही सञ्चार माध्यमहरूमा राजाको नाम मुछेर कुनै एक अमूक उम्मेदवारलाई समर्थन छ भन्ने प्रचार पनि गरियो । तर, यसलाई तत्कालै पूर्वराजाको सचिवालयले खण्डन गर्यो । त्यसर्थ मलाई पूरा विश्वास छ कि राजा वा राजाको सचिवालयको तर्फबाट पार्टीको आन्तरिक विवादमा वा प्रतिस्पर्धामा हस्तक्षेप हुन्छ भन्ने लाग्दैन ।

फेरि, हामीले परिकल्पना गरेको राजा भनेको राप्रपाको मात्र होइन, अन्य राजनीतिक दल र सिंगो नेपालीहरूको साझा संस्थाको परिकल्पना गरेका हौं । चुनावी राजनीति भन्दा माथि उठेको एउटा साझा र अभिभावकीय संस्थाको हामीले परिकल्पना गरेका हौं । त्यस्तो परिकल्पना गरिएको संस्थाबाट यदि पार्टीको आन्तरिक प्रतिस्पर्धामा दक्खल दिने र पक्ष–विपक्षमा बाँडिने कुनै पनि संकेतहरू देखियो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ । र, त्यस्तो किसिमको कार्य हुन्छ भन्ने मलाई लाग्दैन । कसैले दुरुपयोग गरेको छ भने पनि त्यसलाई तत्काल निरुत्साहित गर्नुपर्दछ र त्यसबारेमा सम्वद्ध निकायले आफ्नो धारणा स्पष्ट पार्नुपर्दछ । र, हामी पार्टीका कार्यकर्ताहरूले पनि सचेतरुपमा बुझ्नुपर्दछ कि यो पार्टीमा लागेका सम्पूर्ण सदस्यहरू हिन्दु राष्ट्र र राजसंस्थाप्रति प्रतिवद्ध छौं । कसैको प्रतिवद्धतामाथि शंका छैन । त्यसकारणले गर्दाखेरि हामीले आन्तरिक प्रतिस्पर्धा हुँदाखेरि योग्यता, क्षमता र विवेकको मूल्यांकन गरेर निर्णय गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईंहरू राजसंस्था फर्काउने कुरा गर्नुहुन्छ, राप्रपा बलियो भयो भने मात्रै त्यो सम्भव होला । तर, विगतको परिघटनालाई हेर्दा ‘निर्मल निवास’ले नै किन बारम्बार राप्रपालाई फुटाउन र कमजोर पार्न खोजेको होला ?

निश्चय पनि ।  वास्तवमा विगतमा केही तीता अनुभवहरू छन् । पार्टी विभाजनको बेलामा निर्मल निवाससँग नजिक रहेका केही आधिकारिक व्यक्तिहरूले चाहिनेभन्दा बढी चासो देखाउनुभो र पार्टी फुट्यो । त्यो तीतो अनुभव हामीसँग छ । तर, मलाई लाग्छ त्यसपछि सबैले महसुस गरिसकेका छौं कि पार्टी फुट्दाखेरि केही व्यक्तिहरू मात्र कमजोर हुने हैन, सिंगो पार्टी र एजेण्डा नै कमजोर हुन्छ भन्ने कुरा सबैले सोच्नुपर्दछ ।

अहिलेको अवस्थामा विस्तारै जनमत अनुकुल हुँदै गएका बेलामा फेरि पार्टीमा विभाजनको रेखा कोर्ने प्रयास कहीँ कतैबाट भयो भने  स्वाभाविक रुपले त्यसले हाम्रो एजेण्डालाई अझ बढी पछाडि धकेल्ने खतरा रहन्छ । अहिले त राजसंस्था र हिन्दुराष्ट्रप्रति अलिकति पनि सदभाव राख्ने व्यक्तिहरूले राप्रपाको एकताको निमित्त हर सम्भव प्रयास गर्नुपर्दछ । त्यसको निमित्त प्रोत्साहन गर्नुपर्दछ । कसैलाई उचाल्ने र कसैलाई पछार्ने काम गर्नुहुँदैन । त्यो नै इमान्दारिता हो । र, मलाई लाग्छ यसतर्फ हामी सबै सचेत भइसकेका छौं । र, राजसंस्थालाई, राजालाई हामीले आफ्नो निहीत स्वार्थ परिपूर्तिको निमित्त कुनै हालतमा पनि उपयोग गर्नुहुँदैन । त्यो राजसंस्थाकै लागि पनि, पार्टीका लागि पनि र देशका लागि पनि हितकर हुँदैन ।

राप्रपाका करिब ५ हजार कार्यकर्ता महाधिवेशनमा भाग लिन काठमाडौं आइरहेका छन् । आम कार्यकर्तालाई रातोपाटी मार्फत के भन्न चाहनुहुन्छ ?

म रातोपाटी मार्फत पार्टीका आम कार्यकर्तालाई के आग्रह गर्न चाहन्छु भने हामीले धेरै ठूलो मेहनतबाट पार्टीलाई एकतावद्ध तुल्याएका छौं । यो पार्टी बलियो नहोस्, हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा कहिल्यै स्थापित नहोस् र देशमा एउटा राष्ट्रवादी–प्रजातान्त्रिक शक्ति बलियो नहोस् भन्ने चाहना राख्नेहरूले अहिले पनि यदाकदा यो पार्टीलाई टुटाउने, फुटाउने, विभाजन गर्ने प्रयास गर्न सक्दछन् । त्यो सबै प्रयासलाई असफल प्रमाणित गर्दै यो महाधिवेशनले पार्टीलाई अब भविश्यमा कहिल्यै फुट्न नदिने र एकतावद्ध राख्ने संकल्प दिनुपर्छ । र, यो सन्देश महाधिवेशनले दिन सक्छ भन्ने मलाई विश्वास छ ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप