महाधिवेशन प्रतिनिधि भन्छन्: यो समय र पार्टीको सत्यनास हो (भिडियो)
नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिन समयमा सुरु हुन नसके पछि दिनभर हलमा बसेर फर्केका महाधिवेशन प्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् । आइतबार बिहान १० बजे बन्द सत्र सुरु हुने भनिएता पनि बेलुका ५ बजे पनि सुरु नभएपछि केही प्रतिनिधिहरू आक्रोशित बनेका हुन । केहीले भने सहमतिका लागि प्रयास भइरहेकाले अन्यथा मान्न नहुने बताए ।
बिहान १० बजेका लागि तय बहेको बन्द सत्र बेलुका ७ बजेका लागि सरे पछि अहिले महाधिवेशन प्रतिनिधिहरू खाना खान निस्किएका छन् । यसै क्रममा महाधिवेशन प्रतिनिधि उषाकिरण तिमिल्सिनाले समयमा बन्द सत्र सुरु नगरेर समय पार्टीको सत्यानाश भइरहेको बताइन ।
यता महाधिवेशन व्यवस्थापन कमिटीका सदस्यसमेत रहेका महाधिवेशन प्रतिनिधि देवी ज्ञवालीले पार्टीका शीर्ष नेताहरू नेतृत्व चयनका लागि आन्तरिक सहमति जुटाउन लागिपरेकाले ढिलो भएपनि अन्यथा लिन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
