बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशन प्रतिनिधि भन्छन्: यो समय र पार्टीको सत्यनास हो (भिडियो)

आइतबार, १२ मङ्सिर २०७८, १९ : १९
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिन समयमा सुरु हुन नसके पछि दिनभर हलमा बसेर फर्केका महाधिवेशन प्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् । आइतबार बिहान १० बजे बन्द सत्र सुरु हुने भनिएता पनि बेलुका ५ बजे पनि सुरु नभएपछि केही प्रतिनिधिहरू आक्रोशित बनेका हुन । केहीले भने सहमतिका लागि प्रयास भइरहेकाले अन्यथा मान्न नहुने बताए ।

बिहान १० बजेका लागि तय बहेको बन्द सत्र बेलुका ७ बजेका लागि सरे पछि अहिले महाधिवेशन प्रतिनिधिहरू खाना खान निस्किएका छन् । यसै क्रममा महाधिवेशन प्रतिनिधि उषाकिरण तिमिल्सिनाले समयमा बन्द सत्र सुरु नगरेर समय पार्टीको सत्यानाश भइरहेको बताइन ।

यता महाधिवेशन व्यवस्थापन कमिटीका सदस्यसमेत रहेका महाधिवेशन प्रतिनिधि देवी ज्ञवालीले पार्टीका शीर्ष नेताहरू नेतृत्व चयनका लागि आन्तरिक सहमति जुटाउन लागिपरेकाले ढिलो भएपनि अन्यथा लिन नहुने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप