बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनकै मुडमा रावल : के छ ३१ पन्ने पर्चामा ? (पूर्णपाठ)

आइतबार, १२ मङ्सिर २०७८, १० : ५९
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजविजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष भीम रावल भने निर्वाचनको मुडमा नै देखिएका छन् । शनिबार बन्दसत्रमा प्यानल तय गर्ने सर्वाधिकार अध्यक्ष ‌ओलीलाई दिँदा पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले कडा आपत्ति जनाएका थिए ।

आइतबार बन्दसत्र हल बाहिर रावलले अध्यक्ष पदमा मेरो उम्मेदवारी किन भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरुलाई बाँडिरहेका छन् । यद्पि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।

के छ त भीम रावलको पर्चामा ?

 पर्चामा रावलको राजनीतिक इतिहास तथा अध्यक्ष पदमा उम्मेदवारी दिनुको उद्देश्य उल्लेख छ । एमालेमा पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि आफूले पार्टी अध्यक्ष र अन्य नेताहरूसँग अनेकौँ पटक वार्ता गर्नुका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरेको रावलले सो पर्चामा उल्लेख गरेका छन् । आफूले एमालेको एकता कायम गर्न कार्यदलमा सक्रियता र इमानदारीका साथ काम गरेको, पार्टीमा उत्पन्न अन्तर्विरोध र समस्या समाधान गर्न कार्यदलको १० बुँदे सिफारिस प्रतिवेदनको कार्यान्वयनमा पनि जोड दिएको उनले प्रस्ट पारेका छन् ।

यद्यपि, आफ्नो अख्तियारीको सीमा बन्धन र निर्णयाधिकारी अरु नै भएकाले वाञ्छित परिणाम हासिल गर्न नसकेको उनले पर्चामा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तर पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशको लागि गर्नुपर्ने कर्तव्य पूरा गर्न नेकपा एमाले सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु ।’ पर्चामा उनले आफ्नो उम्मेदवारीको उद्देश्य र लक्ष्यका १२ बुँदा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप