नेतृत्व परिवर्तन गर्न सकेनौँ भने काँग्रेसका लागि आउँदो दिन पनि गाह्रो हुनेछ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् । शनिवार काँग्रेस काठमाडौंका सभापतिका उम्मेदवार कृष्ण बानियाँ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा नेता सिंहले उनले भने, ‘१३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा २३ सिटमा पार्टी झरेको थियो । केन्द्रको नेतृत्व यदि हामीले परिवर्तन गर्न सकेनौँ भने काँग्रेसलाई आउँदो दिन पनि गाह्रो हुन्छ ।’
काँग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणालीपनि खल्बल्लिने बताए । ‘काँग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सकिने रहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ,’ सिंहको भनाइ छ ।
सिंहले काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताए । ‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक छ’, उनले भने