म महामन्त्री हुने कुरा गौण हो, पार्टी नेतृत्व बदल्नुपर्छ : गगन थापा
नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् । शनिवार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रममा नेता थापाले आफ महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताए ।
नेता थापाले पार्टीको महाधिवेशनबाट काँग्रेसको नेतृत्व बदल्नुपर्ने बताए । उनले भने, ‘यो अधिवेशनबाट काँग्रेसको मुल अनुहार, काँग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठूलो प्रश्न हो । हामी कोही केही नभएर केही हुँदैन तर काँग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ ।’
उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको भन्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए । ‘आम नागरिकको बिचमा गयो भने ठुलो निराशा छ । चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन । हामी सबै भन्छौँ काँग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव तर चुनाव जितेपछि के ? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होइन, नागरिकलाई एउटा भरोसा चाहिएको छ,’ थापाले भने, ‘युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली काँग्रेसको नेतृत्व चाहिएको छ । यो अधिवेशनबाट काँग्रेसको नेतृत्व बदल्नुपर्छ ।’
नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताए । उनले भने, ‘अधिवेशन हो, अधिवेशन भनिसकेपछि संख्या हुन्छ । गणित हुन्छ । संख्याले, गणितले भनिरहेको छ, पार्टीको नेतृत्व बदल्नका लागि नेतृत्व बदल्ने संकल्प गरेर मैदानमा आउनुभएको नेताहरुको बिचमा एकता हुन आवश्यक छ । एउटा समझदारी हुन आवश्यक छ । त्यो समझदारी कायम गर्नैपर्छ ।’
कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उनले बताए । ‘कसको नाममा समझदारी कायम हुन्छ, कसले नेतृत्व गर्दैगर्दा न्याय हुन्छ । राजनीतिक न्याय हुन्छ । जायज हुन्छ भन्ने कुरा आवश्यकता पर्दाखेरी उपयुक्त समयमा हामीजस्ता प्रत्येक कार्यकर्ताले बोल्नेछौँ । बोल्न तयार छौँ ,’ थापा भन्छन् ।
सकेसम्म १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । ‘२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका सबै नेतागण एकै ठाउँ उभिनुपर्दछ । एक ठाउँमा उभिएर देशभरिबाट आएको साथीहरुको जुन उत्साह छ, त्यो उत्साहलाई संगठित गरेर, संयोजन गरेर नयाँ नेतृत्व ल्याउनैपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिञ्जा सभ्यता विधेयकलाई लिएर माओवादी र राप्रपा नेताबिच ‘वाक युद्ध’
-
सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचान : प्रचण्ड
-
अमेरिकालाई सजिलै हराउँदै तेस्रो स्थानमा उक्लियो स्कटल्यान्ड
-
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
-
अर्घाखाँचीमा राति ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध
-
पहिलो एकदिवसीयमा क्यारेबियन टोलीले इङ्ल्यान्डलाई हरायो