शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कञ्चनपुर सभापतिमा पदम बोगटीद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

बुधबार, ०८ मङ्सिर २०७८, २१ : ४९
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस कञ्चनपुरका नेता पदम बोगटीले जिल्ला सभापति पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा सभामा बोगटीले नेपाली काँग्रेस कञ्चनपुरको संगठनलाई थप उर्जावान बनाउन र पहिलो पार्टीको रुपमा स्थापित गर्ने आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

बोगटीको प्यानलबाट उपसभापतिमा वर्तमान सचिव दिवाकर पाण्डे र वर्तमान कोषाध्यक्ष शंकर चन्द, सचिवमा  नेपाल ट्रेड युनियनका सुदूरपश्‍चिम प्रदेश अध्यक्ष सिद्धराज भट्ट र वर्तमान जिल्ला कार्य समिति  सदस्य जनक धामीले उम्मेदवारी दिने भएका छन् ।

यस्तै सहसचिवमा वर्तमान जिल्ला कार्यसमिति  सहसचिव पुष्कल चौधरी र जिल्ला कार्यसमिति सदस्य कविराज भट्ट उम्मेदवार भएका छन् । वर्तमान सभापति हरिप्रसाद बोहोरा महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि केन्द्रीय सदस्य रमेश लेखकको समूहबाट पदम बोगटीले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । लेखकले बोहोरालाई नै सभापति दोहोर्याउने रणनीति बनाएपछि उनी महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि बोगटीलाई अगाडि सारेका छन् । 

१३ औं महाधिवेशनमा बोगटी अर्का केन्द्रीय सदस्य एनपी साउदको समर्थनमा जिल्ला सभापतिका उम्मेदवार भएका थिए । यसपटक साउदले  बहादुरसिंह थापालाई सभापतिको उम्मेदवार बनाउन खोजी उनी लेखक समूहमा पुगेर सभापतिका उम्मेदवार बनेका छन् । उनको उम्मेदवारी सभामा नेता रमेश लेखक पनि सहभागी थिए । बोगटीको उम्मेदवारीले काँग्रेस कञ्चनपुरमा तरंग आएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप