शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित, दोहोरिने योजनामा ब्रेक

मङ्गलबार, ०७ मङ्सिर २०७८, १८ : २२
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बोहरा पराजित भएका हुन् । ५ सय ४ मत खसेकोमा सभापति बोहराले २४४ मत पाएका छन्। 

महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि जिल्ला सभापतिमा दोहोरिने बोहराको योजनामा ब्रेक लागेको छ । काँग्रेस विधान अनुसार दुई वटा निर्वाचन क्षेत्र भएको जिल्लाको सभापति हुन महाधिवेशन प्रतिनिधि जित्नुपर्ने व्यवस्था छ । 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उपसभापति बन्धु राना र क्षेत्र नम्बर ३ बाट सचिव ईश्वरी जोशी पराजित पनि महाधिवेशन प्रतिनिधिमा भएका हुन् । जोशी नेता रमेश लेखकका प्रमुख स्वकीय सचिव पनि हुन् । यस्तै संविधानसभा सदस्य बलदेव बोहरा,  काँग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहरा, नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट पनि पराजित भएका हुन्।

संविधानसभा सदस्य बोहराले १ सय ९०, पूर्व जिल्ला सचिव बोहराले २ सय १३ र भट्टले २ सय ६ मत पाएका छन्। केन्द्रमा सभापति शेरबहादुर देउवा निकट नेता एनपी साउद र रमेश लेखक गृह जिल्लामा समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

१३ औं महाधिवेशनमा लेखक समूह हाबी भएको थिए भने १४ औं महाधिवेशनका साउद समूहको वर्चश्व देखिएको छ । आफू निकट प्रभावशाली नेता नै महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि लेखकलाई जिल्ला सभापतिको उम्मेदवार पाउन कठिन हुने देखिएको छ ।

लेखक समूहबाट अब दिवाकर पाण्डे सभापतिको उम्मेदवार बन्ने सम्भवाना छ । साउद समूहबाट बहादुरसिंह थापालाई सभापतिको उम्मेदवार बनाउने तयारी छ । साउद निकट थापा महाधिवेशन प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा  विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप