‘साइबर सर्कल’लाई प्रदीप ज्ञवालीका चार टिप्स
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘साइबर सर्कल’ का सदस्यलाई चार वटा टिप्स दिएका छन् । बुधबार राजधानीमा राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार टिप्स दिएका हुन् ।
पहिलो टिप्समा उनले ‘फोकस’लाई ध्यान दिन आग्रह गरे । फोकस केमा गर्ने रु त्यो महत्त्वपूर्ण छ,’ उनले भने, ‘पार्टीका नीति, युवा संघका नीति, हाम्रो बाटो र हाम्रो विचारमा फोकस हुन जरुरी छ ।’ दोस्रो टिप्सका रूपमा उनले कतिपय विषयलाई ‘इग्नोर’ गर्न सुझाए । ‘कतिपय भ्रामक कुरा आउँछ, सर्कल ठुलो छैन र त्यसले धेरै ठुलो प्रभाव पार्न सक्दैन भने त्यसलाई इग्नोर गरिदिए हुन्छ,’ उनले भने, ‘नाम नचलेको अनलाइनमा समाचार आयो, दुई हजारले पनि हेर्दैनन्, त्यसमा आएको भ्रामक समाचारमा तपाईंले खण्डन गर्न थाल्नु भयो भने उल्टो मानिसले खोतलेर हेर्न थाल्छन् । त्यसैले त्यस्ता कुरालाई इग्नोर गरिदिए हुन्छ ।’
तेस्रो टिप्सका रूपमा उनले ‘तथ्यद्वारा खण्डन’ गर्न सुझाए । पार्टी, पार्टीका नेताविरुद्ध भ्रामक कुरा आएमा तथ्यद्वारा खण्डन गर्नुपर्ने उनको भनाइ थियो । त्यसैगरी चौथो टिप्सका रूपमा उनले जनतामा आत्मविश्वास जगाउन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली