शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने – लोकप्रिय मत ल्याएर जित्छु

मङ्गलबार, ०७ मङ्सिर २०७८, १८ : ००
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।

‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गरे । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताए । उनले कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको दाबी गरे । पाको उमेर समूह, नयाँ र अहिले भूमिका खेलिरहेको पुस्तालाई महाधिवेशनले समेट्नुपर्ने भन्दै आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन पनि केपी ओलीलाई अध्यक्ष बनाउनुको विकल्प नरहेको बताए । उनले अध्यक्षमा भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अध्यक्ष ओलीले सर्वसम्मतको प्रयास गर्ने बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप