बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचिवमा लड्न महेश बस्नेतका ११ आधार

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०६ : ३९
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १०औँ महाधिवेशनमा सचिवमा चुनाव लड्ने भएका हुन् ।  मध्यपुर थिमिको सम्पर्क कार्यालयमा नेता बस्नेतले आफ्नो धारणा प्रस्तुत गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनले एमालेको रक्षा कवचको रूपमा मुलुकको युवा शक्ति परिचालन गर्न उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । 

नेता बस्नेतले सचिवमा आफ्ना ११ वटा आधार प्रस्तुत समेत गरेका छन् ।

१, जनयुद्धका नाममा माओवादीले एमालेका तीन सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतङ्क मच्चाएको बेला यूथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।

 २, माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोबल उकास्ने काम गरेको ।

३, माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।

४, पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रूपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्यहोरेर अपमानित हुनु परेको ।

५, संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्रालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

६, एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४ को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटकपटक मन्त्री बनाउने तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरूले पूरा गर्न नदिए पनि सदनभित्र सरकारको पक्षमा सशक्त भूमिका निर्वाह गरेको ।

७, भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रूपमा प्रस्तुत  गरेको ।

८, राजनीतिको सम्भावित परिदृश्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

९, पुस ५ पछाडि सत्ता र शक्तिभित्र रहेका नेताहरू मौन बसेका बेला देशैभर युवा परिचालन गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहौल सृजना गरेको ।

 १०, पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पूरा गरेको ।

११, मधेसमा पार्टी अध्यक्ष क केपी शर्मा ओली र एमालेलाई निषेध गर्ने दुष्प्रचार गरिरहँदा मधेसका युवा समेटेर एमाले र केपी कमरेडको पक्षमा माहौल सिर्जना गर्न लागेको । हाम्रो पार्टीको सरकार मजबुत बनाउन मधेसवादी दलसँगको संवाद र सहकार्यमा प्रभावकारी भूमिका खेलेको । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप