एमाले महाधिवेशन : रावलपछि भुसालको उम्मेदवारी घोषणा तयारी

एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।
उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ । ‘विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्न सुझाव आइरहेको छ । सोही सुझावअनुसार उम्मेदवारी दिने लगभग निश्चित छ’ भुसालनिकट एक नेताले रातोपाटीसँग भने, ‘तर कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैसकेको छैन । सम्भवत मंगलबारसम्म टुंगो लाग्नेछ ।’
ती नेताका अनुसार भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष या महासचिव तीनमध्ये एक पदमा उम्मेदवारी दिने तयारी छ । ‘अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएकाले अब वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमध्ये एक पदमा उम्मेदवारी दिने पक्का छ’, ती नेताका अनुसार भुसालको यस्तो तयारीपछि अध्यक्ष ओलीले भुसाललाई बालकोटमा भेट्न बोलाएका छन् ।
‘बालकोटबाट भेटघाटका लागि खबर आएको छ । तर उहाँ जानुभएको छैन । त्यहाँ गएर नमस्कार गर्नुबाहेक अरु उपलब्धि नहुने भएपछि उहाँले चासो दिनुभएको छैन’, भुसाल निकटस्थहरुको भनाई छ । एमाले महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा १५ पदाधिकारी सर्वसम्मत चयन गर्ने अध्यक्ष ओलीको चाहना छ ।
अध्यक्षमा आफैं दोहोरिने चाहाना राखेका ओलीले सबै पदमा सहमति खोज्ने प्रयास गरेपनि ओली समूहमै आकांक्षी धेरै भएपछि निर्वाचन हुने लगभग निश्चित भएको छ । १९९९ महाधिवेशन प्रतिनिधि रहने भनिएको एमाले महाधिवेशनमा अधिकांश ओली पक्षबाट चयन भएका छन् । रावल र भुसाल समूहका झण्डै ४ सय महाधिवेशन प्रतिनिधि चयन भएको उनीहरुको आन्तरिक मूल्याङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो