सर्वोच्चले गर्यो ‘कजलिष्ट’ मा हेरफेर

सर्वोच्च अदालत प्रशासनले कजलिष्टमा केही परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोकेकामा रातोपाटीमा समाचार आएलगत्तै कजलिष्टमा परिवर्तन गरिएको हो ।
बन्दीको मुद्दा अन्तिममा !
सामान्य अवस्थामा बन्दी प्रत्यक्षीकरण, तामेली, मिलापत्र आदि मुद्दा पेसीको अग्रभागमा राखिन्छ । तर आइतबारका लागि तोकिएको पेसीमध्ये न्यायाधीश दीपककुमार कार्कीलाई एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो ।
त्यसपछि सबै मुद्दा उत्प्रेषण माग गरिएको मुद्दाहरु पेसीमा राखिएको थियो र ३० नम्बर पछि मात्रै कार्कीलाई पुनः बन्दी प्रत्यक्षीकरणको मुद्दा दिइएको थियो । सोही विषयका सम्बन्धमा रातोपाटीसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले नियत नभएर मानवीय त्रुटीका कारण त्यस्तो भएको भन्दै भोलिका लागि पेसी तोकिने बताएका थिए ।
सोही विषयलाई रातोपाटीले समाचार बनाएको थियो । तर यतिबेला भने सर्वोच्च अदालत प्रशासनले पेसी सूचीलाई परिवर्तन गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएका अन्तिमका दुई पेसीलाई पनि माथि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु
-
नाडा अटो शो २०२५ को रजिस्ट्रेसन सुरु