बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चले गर्‍यो ‘कजलिष्ट’ मा हेरफेर

आइतबार, ०५ मङ्सिर २०७८, १२ : ०९
आइतबार, ०५ मङ्सिर २०७८

सर्वोच्च अदालत प्रशासनले कजलिष्टमा केही परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोकेकामा रातोपाटीमा समाचार आएलगत्तै कजलिष्टमा परिवर्तन गरिएको हो । 

बन्दीको मुद्दा अन्तिममा !

सामान्य अवस्थामा बन्दी प्रत्यक्षीकरण, तामेली, मिलापत्र आदि मुद्दा पेसीको अग्रभागमा राखिन्छ । तर आइतबारका लागि तोकिएको पेसीमध्ये न्यायाधीश दीपककुमार कार्कीलाई एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो ।

त्यसपछि सबै मुद्दा उत्प्रेषण माग गरिएको मुद्दाहरु पेसीमा राखिएको थियो र ३० नम्बर पछि मात्रै कार्कीलाई पुनः बन्दी प्रत्यक्षीकरणको मुद्दा दिइएको थियो ।  सोही विषयका सम्बन्धमा रातोपाटीसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले नियत नभएर मानवीय त्रुटीका कारण त्यस्तो भएको भन्दै भोलिका लागि पेसी तोकिने बताएका थिए । 

​सोही विषयलाई रातोपाटीले समाचार बनाएको थियो । तर यतिबेला भने सर्वोच्च अदालत प्रशासनले पेसी सूचीलाई परिवर्तन गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएका अन्तिमका दुई पेसीलाई पनि माथि राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप