सर्वोच्चले गर्यो ‘कजलिष्ट’ मा हेरफेर
सर्वोच्च अदालत प्रशासनले कजलिष्टमा केही परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोकेकामा रातोपाटीमा समाचार आएलगत्तै कजलिष्टमा परिवर्तन गरिएको हो ।
बन्दीको मुद्दा अन्तिममा !
सामान्य अवस्थामा बन्दी प्रत्यक्षीकरण, तामेली, मिलापत्र आदि मुद्दा पेसीको अग्रभागमा राखिन्छ । तर आइतबारका लागि तोकिएको पेसीमध्ये न्यायाधीश दीपककुमार कार्कीलाई एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो ।
त्यसपछि सबै मुद्दा उत्प्रेषण माग गरिएको मुद्दाहरु पेसीमा राखिएको थियो र ३० नम्बर पछि मात्रै कार्कीलाई पुनः बन्दी प्रत्यक्षीकरणको मुद्दा दिइएको थियो । सोही विषयका सम्बन्धमा रातोपाटीसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले नियत नभएर मानवीय त्रुटीका कारण त्यस्तो भएको भन्दै भोलिका लागि पेसी तोकिने बताएका थिए ।
सोही विषयलाई रातोपाटीले समाचार बनाएको थियो । तर यतिबेला भने सर्वोच्च अदालत प्रशासनले पेसी सूचीलाई परिवर्तन गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएका अन्तिमका दुई पेसीलाई पनि माथि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण