न्यायपालिका बचाउन म पहिलो सहिद बन्न तयार छु : अधिवक्ता ओम प्रकाश अर्याल
अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने बताए ।
नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले घोच्ने काम भएको भन्दै बताए । उनले उनले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए ।
अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’, उनले आक्रोश पोखे, ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’
एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने काम भएको भन्दै यो सह्य र स्वीकार्य नरहेको बताए । ‘यस विषयमा प्रहरीले माफी माग्नुपर्छ । यदि प्रहरीले माफी नमाग्ने र बारले सुरक्षा पनि नगर्ने हो भने बारका पदाधिकारीबाहेकका अन्य वकिलले पनि विद्रोह गर्ने र प्रहरी घेरा तोड्ने अवस्था आउन सक्छ’, उनले चेतावनी दिए । बारको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा बारका अध्यक्षसहित एक दर्जन वकिलहरू घाइते समेत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


