न्यायपालिका बचाउन म पहिलो सहिद बन्न तयार छु : अधिवक्ता ओम प्रकाश अर्याल

अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने बताए ।
नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले घोच्ने काम भएको भन्दै बताए । उनले उनले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए ।
अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’, उनले आक्रोश पोखे, ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’
एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने काम भएको भन्दै यो सह्य र स्वीकार्य नरहेको बताए । ‘यस विषयमा प्रहरीले माफी माग्नुपर्छ । यदि प्रहरीले माफी नमाग्ने र बारले सुरक्षा पनि नगर्ने हो भने बारका पदाधिकारीबाहेकका अन्य वकिलले पनि विद्रोह गर्ने र प्रहरी घेरा तोड्ने अवस्था आउन सक्छ’, उनले चेतावनी दिए । बारको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा बारका अध्यक्षसहित एक दर्जन वकिलहरू घाइते समेत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य
-
अभिषेक र हैदराबादसामु नतमस्तक बने यी रेकर्डहरू
-
रवि लामिछानेको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध